वीरगञ्जको सभामा देउवाको भाषण– मधेशवादी दलले मधेशलाई भजाउँने काम मात्र गरे
वीरगञ्ज– प्रधानमन्त्री शेरबहादुर देउवाले मधेसवादी दलले मधेसलाई भजाउँने काम मात्रै गरेको आरोप लगाएका छन् । असोज २ गते हुन लागेको दुई नम्बर प्रदेशको स्थानीय तहको चुनाव प्रचारप्रसारको अन्तिम दिन पर्साको वीरगञ्जमा कांग्रेसको चुनावी सभामा सम्बोधन गर्दै देउवाले मधेसवादी दलले मधेसलाई भजाउने काम मात्रै गरेको आरोप लगाए ।
कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले ६ वटा मधेशी दल ६ तिर फर्केको उल्लेख गर्दै उनीहरुबाट मधेसको हित हुन नसक्ने दाबी गरे । ‘मधेशलाई कांग्रेसले मात्र अधिकार सम्पन्न बनाउन सक्छ,’ देउवाले भने, ‘यो निर्वाचन सामान्य होइन, अधिकार दिने पार्टीलाई छानेर मत दिनुहोस् ।’
मधेशी जनताको अधिकारको साथै राजनीतिक निकासका लागि सरकारले संसदमा संविधान संशोधन विधेयक पेश गरेको भएपनि एमालेले विपक्षमा मत दिएर संसोधन फेल गरेको देउवाले स्पष्ट गर्न खोजे । परिवर्तन विरोधी शक्तिले जितेमा विस्तारै विस्तारै जनताको अधिकार खोसिने तर्क गर्दै देउवाले प्राप्त उपलब्धि रक्षाका लागि कांग्रेसलाई जिताउन पटकपटक आग्रह गरे ।
वीरगञ्ज दुई नम्बर प्रदेशको एक मात्र महानगरपालिका हो । वीरगञ्जमा कांग्रेसले अजयकुमार द्विवेदी मेयर र शान्ति कार्कीलाई उपमेयरको उम्मेदवार बनाएको छ । स्थानीय तहको अन्तिम चुनावी सभामा कांग्रेस नेताहरु विमलेन्द्र निधि, शेखर कोइराला, रमेश रिजाल लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण