जापानमा नेपाली खेलाडी घिमिरेको कीर्तिमान
काठमाडौं । नेपाली खेलाडी अबिरल घिमिरेले जापानमा अर्को सफलता हात पारेका छन् । लामो समयदेखि जापानमा बसेर किक बक्सिङमा वर्चश्व कायम गर्दै आएका घिमिरले आइबार जापानिज खेलाडीलाई हराउँदै अर्को कीर्तिमान कोरेका हुन् ।
उनले २५ वर्षीय जापानिज खेलाडी थातुयालाई पहिलो पराजित गरेका हुन् । काठमाडौंकोे चन्द्रागिरी निवासी घिमिरेले जापानी खेलाडीलाई पहिलो राउन्डमा नै नकाआउट हानेका थिए ।जीतपछि निकै हर्षित मुद्रामा घिमिरेले भने, ‘मुलुकको नाम राख्न सकेकोमा खुशी लागेको छ । यो जित भने क्यारियरकै महत्वपूर्ण जितका रुपमा हेरेको छ ।'
'आगामी दिनमा पनि नेपालको झण्डा बोकी विश्वसामु देशको नाम चम्काउन प्रयासरत रहन्छु' घिमिरेले भने । व्यवसायीक खेल खेल्दै आएका अबिरल घिमिरेले पहिलो राउण्डमै नकआउट हान्दै आफ्नो बेल्टलाई पुन: संरक्षण गर्न सफल भएका हुन् ।
अबिरल नेपालमा चर्चित किक बक्सिङ करातेका पूर्व चर्चित खेलाडी देव घिमिरेको छोरा हुन् । लामो समयदेखि उनी जापानमा रहेका आफ्नै पिता देवको निगरानी र प्रशिक्षणमा अभ्यास गर्दै आएका छन् । प्रशिक्षक तथा पीता देब घिमिरेले अविरलको उमेर र अनुभव कम भए पनि अन्तर्राष्ट्रिय अनुभव बटुलेका व्यावसायिक खेलाडीलाई हराउनु निकै गर्वको विषय भएको बताए ।
उनले विभिन्न राष्ट्रका खेलाडीहरूसंग १४ वटा भिडन्तमा १३ वटामा जित हासिल गरेका थिए भने एक म्याच बरावरीमा रोकिएको थियो । आजको चर्चित हित ४७ खेल जापानको टोकियोस्थित टोकियो टावरमा भएको संचालन भएको थियो ।मोहन महर्जन ड्र्यागनले पनि ३ राउण्डको खेलमा प्रतिद्वन्दीलाई अकको आधारमा पराजित गर्दै जित हात पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण