केन्द्रीय संस्करण

प्राधिकरणबाट कुलमान बाहिरिँदा जे देखियो (फोटोफिचर)

person explore access_timeभदौ ३०, २०७७ chat_bubble_outline2

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ बर्षे कार्यकाल सकिएपछि कार्यालयका कर्मचारीले बिदाई गरेका छन् । २०७३ भदौं ३१ गतेदेखि प्राधिकरणको नेतृत्व सम्हालेका घिसिङको आजको दिनदेखि कार्यकाल सकिएको हो । कार्यकारी निर्देशक पदमा ४ वर्ष बिताएका घिसिङले प्राधिकरणमा २६ वर्ष सेवा गरेर अवकाश पाएका हुन् ।

कोरोना भाइसर संक्रमणको त्रासकाबीच प्राधिकरणको हलमा गरिएको विदाई कार्यक्रममा सिमित संख्यामा कर्मचारी र मिडिया प्रतिनिधिलाई बोलाइएको थियो । विदाई समारोहमा कर्मचारीहरुले कुलमान घिसिङ आउनुपूर्वको प्राधिकरणको अवस्था र हालसम्मको अवस्थाका बारेमा तुलना गरेका थिए । उपकार्यकारी निर्देशकहरुले घिसिङलाई माला खादा लगाउनुका साथै बुद्धको मुर्ति दिएका थिए । अन्य कर्मचारीहरुले फुल उपहार दिँदै विदाई गरेका थिए । 

विदाई समारोहमा बोल्दै घिसिङले सरकारका साथै प्राधिकरणका प्रत्येक कर्मचारीको सहयोगका कारण प्राधिकरणले सफलता प्राप्त गरेको बताए । उनले आफ्नो कार्यकालमा हासिल गरेका फेहरिस्त वाचन गरेर सुनाएका थिए ।  विदाई समारोहमा प्राधिकरणका कर्मचारीले फेरि अर्को कार्यकालका लागि पनि घिसिङको पुन नियुक्तिको कामना गरेका थिए । 

 


तस्विरमा हेर्नुहोस घिसिङको विदाई : 


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. Sept. 16, 2020, 2:58 a.m. Chhabilal bhusal
    Come back again
  2.  0 Reply
  3. Sept. 15, 2020, 8:28 p.m. Sagun
    We need Kulman Ghising
  4.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.