अमेरिकामा शुक्रबारदेखि दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन हुँदै
काठमाडौं । दोश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन अमेरिकामा शुक्रबारदेखि सुरु हुँदैछ । कोरोना महामारीकै बीच एनआरएनएको पहलमा सम्मेलन हुन लागेको हो ।
आयोजकका अनुसार ‘मिटिगेटिङ्ग पान्डेमिक थ्रो हेल्थ, रिसर्च, कोलाबोरेसन एन्ड एक्सन’ भन्ने मूल नारा रहेको यो सम्मेलनका प्रमुख अतिथि तथा वक्तामा नेपालका स्वास्थ्य मन्त्री भानुभक्त ढकाल रहनेछन् । अन्य वक्तामा विश्व स्वास्थ्य संगठन र युनिसेफका ग्लोबल, रिजनल र कन्ट्री डाईरेक्टर, एनआरएनएका प्रेसिडेन्ट एवं एनआरएनए स्वास्थ्य समितिका सभापति डा. सन्जिब सापकोटा छन् ।
तीन दिनसम्म हुने सम्मेलन एनआरएनए आईसीसी, स्वास्थ्य समितिले आयोजना गर्न लागेको हो । यो विशेषतः संसारका ८० भन्दा बढी मुलुकमा रहेका नेपालीहरुको स्वास्थ्यप्रति चासो तथा सरोकार राख्ने समिति हो ।
अहिले कोरोनाभाइरस (कोभिड–१९ ) को महामारीकै सन्दर्भमा केन्द्रित गरी सम्मेलन आयोजना हुन लागेको आयोजकको भनाइ छ । सम्मेलनमा डाक्टर, नर्स एवं स्वास्थ्य क्षेत्रका विभिन्न विधामा रुचि राख्ने नेपालीहरु, विज्ञ, वैज्ञानिकहरु, अनुसन्धानकर्ता लगायतका व्यक्तिहरुको विशेष उपस्थिति रहने जनाइएको छ ।
गत वर्ष अमेरिकाको जर्जियामा पहिलो विश्व नेपाली स्वास्थ्य सम्मेलन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण