शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भेस्पा र अप्रिलियाले ल्यायो दशैं तिहार योजना

बिहीबार, ०८ असोज २०७७, १७ : ३८
बिहीबार, ०८ असोज २०७७

काठमाडौं । नेपालमा भेस्पा र अप्रिलिया स्कुटरको अधिकारिक विक्रेता दुगड ब्रदर्स एण्ड सन्सले बडा दशैं तिहारलाई लक्षित गरि बडा दशैँ तिहार योजना सार्वजनिक गरेको छ । 

भेस्पा र अप्रिलियाले सुरक्षित यात्राको लागि सुरु गरेको यस योजनामा भेस्पा र अप्रिलिया किन्न इच्छुक ग्राहकहरुले स्क्र्याच कार्डमार्फत पाँच हजार देखि ५० हजारसम्मको नगद छुट र सुन्य प्रतिशत व्याजदरमा पनि खरिद गर्न सक्नेछन् । 

भेस्पा र अप्रिलियाको अफिसियल हेल्मेट, फूटम्याट, स्कुटर कभर र किरिङको साथै १ आर्थिक वर्षको फ्री रोड ट्याक्स र १५० सिसी भेस्पाको खरिदमा १० हजार बराबरको फ्री पेरिमीटर किट पनि उपलब्ध गराएको छ ।

कम्पनीले अनलाइनबाट नै स्कुटर बुकिङ्ग गर्न सकिने र ग्राहकले चाहेको स्थानमा फ्रि डेलिभरी समेत गराउने दुगड ब्रदर्स एण्ड सन्सका उपाध्यक्ष विजय महतोले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप