कर्णालीमा २२ फरार प्रतिवादी पक्राउ
सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले यहाँका विभिन्न जिल्ला प्रहरी कार्यालयमार्फत् २२ जना फरार अभियुक्तलाई फक्राउ गरेको छ । प्रहरीले आइतबार १६ फरार प्रतिवादीहरुलाई पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ वास्तोलाले जानकारी दिए ।
पक्राउ परेकाहरु मध्ये जिप्रकामा वन मुद्दाका दुई, जिप्रका दैलेखमा गाली बेईज्जतीका आठ, मुगुमा धनमाल मुद्दाका एक र जिप्रका कालीकोटमा कर्तव्य ज्यानका तीन र जुवाको एक फरार प्रतिवादी रहेको उहाँले बताउनुभयो । प्रदेश प्रहरी कार्यालय अन्तर्गत यही असोज १०मा प्रहरीले छ फरार अभियुक्तलाई पक्राउ गरेको थियो ।
तीमध्ये जिप्रका कालीकोटबाट जबरजस्ती करणीका एक र गाली बेइज्जतीका दुई, जिप्रका जाजरकोटबाट हुलाक ऐन सम्बन्धी र जबरजस्ती करणी उद्योगअन्तर्गत एक÷एक रहेका छन् । अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका सबै प्रतिवादीहरुलाई सम्बन्धित जिल्ला अदालतसमक्ष पेश गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री परिवर्तनको असर : पूर्वाधार विकास कार्यालय गौरमा तालाबन्दी
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा