शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बालिका बलात्कारको आरोपमा एक पुरुष पक्राउ

मङ्गलबार, १३ असोज २०७७, १२ : ३९
मङ्गलबार, १३ असोज २०७७

रौतहट । संघिय संसदभित्र बलात्कारिलाई मृत्यु दण्डको सजाय दिनुपर्ने माग उठिरहेकै बेला रौतहटको कटहरिया नगरपालिकामा बालिका बलात्कारको आरोपमा एक पुरुष पक्राउ परेका छन् । बालिका बलात्कारको आरोपमा कटहरिया नगरपालिका  १ भसेढवा परसबनि टोलका हरिदासका ३५ वर्षीय छोरा इन्दल दाश पक्राउ परेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रबि रावलले जानकारी दिए । 

सोमबार राती ९ बजे सोहि टोलकी एक  १५ बर्षीया बालिकामाथि धारामा पानी भर्न गएका बेला इन्दलले बलात्कार गरेको प्रहरीले जनाएको छ । कोही नभएको मौका छोपी ईन्दलले बालिकाको मुख थुनेर नजिकैको धानखेतमा लागि बलात्कार गरेको पीडितले बताएकी छिन् । पीडित बालिकाले घटनालगत्तै घरमा गएर सबै कुरा बताएकी थिइन् । त्यसलगतै पीडितका बाबुले प्रहरीलाई खबर गरेका थिए ।  

ईलाका प्रहरी कार्यालय कटहरियाबाट सई लतिफ अन्सारीको कमान्डमा गएको टोलिले आरोपी ईन्दल दाशलाई राती १२ बजे पक्राउ गरेको थियो । पक्राउ परेका आरोपी हाल ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको र पीडितका बुबाको जाहेरीको आधारमा निजमाथि जबदस्ती करणीसम्बन्धि मुद्दा दर्ता गर्ने तयारी भैरहेको डिएसपी रबि रावलले जानकारी दिए । पीडित बालिकालाई स्वास्थ परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाईएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप