शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा मोटरसाइकलसहित १९ किलो गाँजा बरामद

मङ्गलबार, १३ असोज २०७७, १७ : ५०
मङ्गलबार, १३ असोज २०७७

लहान । सशस्त्र प्रहरीको टोलीले आज बिहान सिरहाको सुखीपुरबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित मोटरसाइकल बरामद गरेको छ ।  सशस्त्र प्रहरी बेश क्याम्प सुखीपुरबाट खटिएको प्रहरी टोलीले सुखीपुर नगरपालिका–४ कविलासीबाट १९ किलो गाँजासहित मोटरसाइकल बरामद गरेको हो । गस्तीमा खटिएको सशस्त्र प्रहरीको टोलीलाई देखेपछि मोटरसाइकल र प्लाष्टिकको बोरा छाडेर भागेपछि शङ्का लागेर बोरा जाँच गर्दा गाँजा बरामद भएको सशस्त्र प्रहरी बेश क्याम्प सुखीपुरका प्रहरी निरीक्षक विदेशराज मगरले जानकारी दिए ।  

सशस्त्र प्रहरी नायव निरीक्षक मगरको कमान्डमा खटिएको गस्ती टोलीले  तस्करले प्रयोग गरेको को२९प १४८७ नं को मोटरसाइकलसमेत बरामद गरेको छ । मगरका अनुसार बनिनिया चोकमा चेकजाँचको क्रममा उत्तरबाट दक्षिणतिर जाँदै गरेको मोटरसाइकल चढेका एकजना फरार भएपछि प्रहरीले तत्काल एक्सन लिएर मोटरसाइकल र गाँजा नियन्त्रणमा लिएको हो ।

बरामद गाँजा र मोटरसाइकल आवश्यक कारवाहीका लागि नेपाल प्रहरीलाई बुझाइने उनको भनाइ छ ।  तस्करहरुले सिराहाको उत्तरी क्षेत्र र  उदयपुरमा संकलन गरिएको गाँजा भरियालाई बोकाएर दक्षिणी सीमावर्ती भारतसम्म पुर्‍याउने गरेका छन् । ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप