नारायणगढमा एभेन्जर १६० स्ट्रीटको बिक्री सुरु
चितवन । बजाज मोटरसाइकलको आधिकारिक शोरुम नारायणगढको शहीदचोकमा रहेको नारायणी मोटर्सले ‘एभेन्जर १६० स्ट्रीट’ को बिक्री सुरु गरेको छ ।
युवा उद्यमी मञ्च चितवनका अध्यक्ष कृष्ण सापकोटा सहितका अन्य व्यवसायीले बिहीबार शोरुममा एभेन्जर १६० स्ट्रीटको बिक्री शुभारम्भ गरेका हुन् । कार्यक्रममा सापकोटाले युवाहरुलाई लक्षित गरेर बिक्री शुभारम्भ गरिएको सो मोटरसाइकल युवामाझ लोकप्रिय हुने विश्वास व्यक्त गरे ।
एन्टीकल ब्रेक सिस्टम जडान गरिएको सो मोटरसाइकलमा आकस्मिक ब्रेक लगाउँदा नघिस्रिने भएकाले दुर्घटना न्यूनिकरणमा समेत महत्वपूर्ण सहयोग पु¥याउने सापकोटाको भनाइ छ ।
मोटरसाइकलको बिक्री शुभारम्भका अवसरमा नारायणी मोटर्सका सेल्स म्यानेजर हरेराम खरेलले लामो दुरी यात्राका लागि सहज हुने बताए । बिहीबार लन्च गरिएको एभेन्जर १६० स्ट्रीटको इन्जीन अग्लो भएकाले जस्तो सुकै अप्ठ्यारो बाटोमा समेत आरामदायी यात्रा गर्न सकिने खरेलले बताए ।
रातो र कालो रङमा उपलब्ध सो मोटरसाइकलमा १३ लिटर पेट्रोल अटाउने क्षमता रहेको भन्दै नारायणी मोटर्सका म्यानेजर शेरबहादुर पौडेलले ३.८ लिटर पेट्रोल रिजर्भमा रहने जानकारी दिए । सो एभेन्जेर १६० स्ट्रीटको माइलेज प्रति लिटर ४० देखि ४५ किलोमिटर रहेको पौडेलको भनाइ छ । यसको बिक्री मूल्य तीन लाख १९ हजार ९०० रुपैयाँ रहेको पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण