बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

बैंक अफ काठमाण्डुले पनि सुरु गर्यो ग्रिन पिन सेवा

शुक्रबार, १६ असोज २०७७, १८ : ३५
शुक्रबार, १६ असोज २०७७

काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेडले आफ्नो कार्डबाहक ग्राहकहरुलाई सहज रुपमा बैंकको कुनै पनि एटीएमबाट आफ्नो कार्डको पिन सुरक्षित तरिकाले सेट तथा रिसेट गर्नका लागि ग्रिन पिन सुबिधा ल्याएको छ । 

यस सुबिधाबाट बैंकको नयाँ ग्राहकहरुले आफ्नो कार्डको पिन कोड सेट गर्न तथा पुराना कार्डबाहक ग्राहकहरुले आफ्नो कार्डको पिन रिसेट गर्न सक्नेछन् । 

नयाँ कार्डबाहक ग्राहकहरुले कार्ड बैंकबाट संकलन गरे पश्चात एटिएम गई सहज रुपमा कार्ड एटिएममा राखेर “Enter Your OTP” मेनु छानी आफैले पिन सेट तथा रिसेट गर्न सक्नुहुनेछ ।

यसपश्चात कार्ड बाहक महानुभावहरुले बैंकमा दर्ता गरेको मोबाईल नम्बरमा ६ अंक ओटीपी प्राप्त गर्न सकिन्छ । उक्त मोबाइल नम्बरमा प्राप्त ६ अंकको ओटीपी प्रयोग गरेर आफ्नो कार्डको पिन सजिलै परिवर्तन गर्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप