उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले लिए एक्सन, थुप्रै प्रहरी अधिकारी निलम्बित
एजेन्सी । भारतको उत्तरप्रदेश राज्यको हाथरसमा भएको सामूहिक बलात्कार हत्याप्रकरणमा यूपी सरकारले प्रशासन विरुद्धको कार्वाही सुरु गरेको छ । सरकारले हाथरस क्षेत्रका अधिकांश प्रहरी अधिकारीहरुलाई निलम्बन गरेको छ । समाचार एजेन्सी एएनआईलाई उदृत गर्दै बीबीसीले जनाएअनुसार यूपी सरकारले सो क्षेत्रका एसपी, डिएसपी, इन्स्पेक्टर र अन्य अधिकारीहरुलाई निलम्बन गरिदिएको छ ।
निलम्बित हुनेहरुमा एसपी विक्रान्त वीर, सीओ राम शब्द, इन्स्पेक्टर दिनेशकुमार वर्मा, एसआई जगवीर सिंह लगायत रहेका छन् । शुक्रबार साँझ उत्तर प्रदेशका मुख्यमन्त्री योगी अदित्यनाथको निर्देशनमा उक्त एक्सन लिइएको हो । सो प्रकरणका पीडित परिवारलाई न्याय दिनुपर्ने दबाबसहित शुक्रबार दिल्लीको जन्तरमन्तरमा व्यापक विरोध प्रदर्शन भएको थियो । उक्त विरोध प्रदर्शनमा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, सामाजिक अभियन्ता र मानवअधिकारवादीहरुको सहभागिता रहेको थियो । दिल्ली लगायत अन्य थुप्रै शहरमा प्रदर्शन भएका खबरहरु आएका छन् ।
मुख्यमन्त्री योगीले उत्तर प्रदेशमा आमा–दिदी बहिनीहरुको सम्मान र स्वाभिमान बिगार्ने सोच राख्नेहरु पुरै नास हुने निश्चित भएको बताएका छन् । उनले ट्वीटरमा लेखेका छन्ः ‘उत्तर प्रदेशमा आमा–दिदी बहिनीहरुको सम्मान र स्वाभिमान बिगार्ने सोच राख्नेहरु पुरै नास हुने निश्चित छ । उनीहरुलाई यस्तो सजाय हुनेछ, जो भविष्यमा उदाहरणीय हुनेछ । तपाइँको उत्तर प्रदेश सरकार हरेक अभिभावकहरुको सुरक्षा र विकासका लागि प्रतिबद्ध छ ।’
गत सेप्टेम्बर १४ मा उत्तर प्रदेशको हाथरस इलाकामा रहेको एउटा गाउँकी १९ वर्षीय किशोरीमाथि ४ जनाले सामूहिक रुपमा बलात्कार गरी भौतिक आक्रमण गरेका थिए । ती युवतीको उपचारका क्रममा सेप्टेम्बर २८ मा दिल्लीमा मृत्यु भएको थियो । घटनामा संलग्न सबैलाई प्रहरीले पक्राउ गरेको छ । तर प्रहरीले सो घटनालाई ढाकछोप गरी उल्टै दोषीलाई जोगाउन लागेको आरोप विभिन्न राजनीतिक दलहरुले लगाइरहेका छन् । बिहीबार सो घटनाका पीडित परिवारलाई भारतीय कांग्रेसका नेताद्वय राहुल गान्धी र प्रियंका गान्धी भेट्न जाँदा प्रहरीसँग झडपसमेत भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक अर्बभन्दा बढी बजेटका परियोजनाको अब नियमित अनुगमन हुने
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग
-
गगनलाई रविको चुनौती : सहकारीबाट ऋण लिएको प्रमाणित गर्नुस् राजनीति छोड्छु
-
संसद्मा राष्ट्रपतिलाई कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने
-
गृहमन्त्री लामिछानेलाई रोष्टममा जान कांग्रेसको अवरोध
-
ईपीएस दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक