काँग्रेस नेता पौडेल आइसोलेसनमा
शनिबार, २४ असोज २०७७, ०९ : ४८
काठमाडौं – नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल आइसोलेसनमा बसेका छन्।
घरमा काम गर्ने एक कर्मचारीमा कोरोना संक्रमण भएपछि नेता पौडेल आइसोलेसनमा बसेका हुन् ।
पौडेलले शनिबार विहान ट्वीटरमार्फत् आफू केही दिनका लागि आइसोसेलनमा बसेको जानकारी दिए ।
तर, आफू र परिवारका सदस्यमा अहिलेसम्म कुनै लक्षण नदेखिएको उनले जनाएका छन्।
पार्टी कार्यालय सानेपामा १७ गते बसेको पदाधिकारी लगायतका नेताहरुको बैठकमा उपस्थित नेताद्वय अर्जुननरसिंह केसी र गगनकुमार थापालाई कोरोना संक्रमणको पुष्टि भएपछि होम आइसोलेशनमा रहेका नेताहरुको पुनः स्वाव संकलन गरिएको थियो ।
पार्टी कार्यालयका मुख्यसचिव, सचिव, कर्मचारी र नेताहरुका सुरक्षाकर्मी, सवारी चालकसहित १५१ जनाको स्वाव संकलन गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण