शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

इरानमा कोरोनाका कारण एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु

सोमबार, २६ असोज २०७७, २३ : १८
सोमबार, २६ असोज २०७७

एजेन्सी । इरानमा सोमबार कोरोनाभाइरसका कारण एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरैको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार सोमबार मात्रै २७२ जनाको मृत्यु भएको छ भने चार हजार २०० सङ्क्रमित थपिएका छन् । 

अरु कतिपय देशहरुमा झैं इरानमा पनि कोरोनाभाइरसको महामारीविरुद्ध सरकारले चालेका कदम विवादित बनेका छन् । इरानमा दैनिक मृत्यु भएकाहरुको सङ्ख्या यो महिनामा तीन अंकमा पुगेको छ । त्यो सङ्ख्या पनि दिनप्रतिदिन वृद्धि हुदै आएको अधिकारीहरुले जनाएका छन् ।  

मृत्यु हुने र सङ्क्रमित हुनेहरुको सङ्ख्या बढ्दै गएपछि सरकारी अधिकारीहरुले राजधानी तेहरानको दैनिकीलाई नियन्त्रण गर्ने कडा व्यवस्थाको घोषणा गरेका छन् ।  हालै पूनः सञ्चालनमा ल्याइएका विश्वविद्यालय, विद्यालय, पुस्तकालय, मस्जीद, चलचित्र हल, संग्रालय, व्युटिपार्लर तथा सैलुनलगायतलाई फेरि बन्द गराइएको छ ।

सरकारले शनिबार मात्रै सार्वजनिकस्थलमा वा घर बाहिर निस्कँदा मास्क अनिवार्य लगाउन निर्देशन जारी गरेको छ । निर्देशनको उलङघन गरेमा दण्डित गरिने चेतावनी पनि सरकारी अधिकारीहरुले दिएका छन् ।   सरकारका प्रवक्ता अलि राबिएइले कारोनाभाइरसको सङ्क्रमण पुष्टि भएकाहरुका आधारमा सम्पर्कमा आएकाहरुको पहिचान गर्ने कार्यलाई पनि कडाईका साथ अगाडि बढाइने प्रतिबद्धता जनाएका छन् । 

सरकारले शुरुमा घरमै बस्न, बाहिर ननिस्कन, मास्क लगाउन, सामाजिक दुरी कायम गर्न भन्दै गरेको अपिललाई धेरैले पालना गरेपनि पछिल्लो समयमा फेरि उल्लङ्घन भएकाले सङ्क्रमण दर थप बढेको सरकारी अधिकारीहरुको भनाइ छ । 

विश्वभरी महामारीको रुपमा कोरोनाभाइरस फैलिन लागेका वेला शुरुमा इरान महामारीको केन्द्रविन्दु जस्तै भएको थियो । सङ्क्रमित र मृत्यु भएकाहरुको सङ्ख्याका आधारमा इरान धेरै अगाडि रहेको थियो । तर अहिले भने दैनिक सयौँको मृत्यु र हजारौ सङ्क्रमित भएपनि इरान बढी प्रभावितहरुको सूचीमा १३औ क्रममा रहेको छ ।  इरान अहिलेसम्म पाँच लाख चार हजार २८१ जना सङ्क्रमित भएका छन् भने २८ हजार ८१६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप