शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा ४७४ कोरोना सङ्क्रमित  थप

आइतबार, ०२ कात्तिक २०७७, १९ : ४०
आइतबार, ०२ कात्तिक २०७७

पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश नं  १ मा  ४७४  कोरोना सङ्क्रमित थपिएका छन् । तीमध्ये  १४९ महिला र ३२५ पुरुष छन् । 

थपिएका सङ्क्रमितमा मोरङका २६५ मध्ये विराटनगरमा १५४, सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा सात, सङ्खुवासभामा पाँच, भोजपुरमा दुई, धनकुटा, तेह्रथुम, पाँचथर र ओखलढुङ्गामा एकएक तथा प्रदेश बाहिरका १३  सङ्क्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टाका अवधिमा १५ जनासहित अहिलेसम्ममा प्रदेशमा पाँच हजार ५७५ जना निको भएर घर फर्किएका छन् । सो अवधिमा एक हजार ४६८ जनासहित अहिलेसम्ममा कुल एक लाख ४६ हजार ८५० जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप