देवाहीगोनाही नगरपालिकाद्वारा ४९ करोडको बजेट
रौतहट । रौतहटको देवाहीगोनाही नगरपालिकाको चौथो नगर सभाले ४९ करोडको बजेट बिनियोजन गरेको छ । देवाहीगोनाही नगरपालिकाको प्रांगणमा सोमबार आयोजित एक समारोहका बीच मेयर धर्मेन्द्र पटेलले नगरसभाको उदघाटन गरेका थिए ।
मेयर पटेलले नगरपालिकाको आर्थिक बर्ष २०७७/७८काे लागि नगरको समग्र विकासको लागि कुल आय अनुमानित रकम ४९ करोड २ लाख ३४ हजार २९ रुपैया बजेट प्रस्तुत गरेका थिए ।
मेयर पटेलले नगरपालिकाको आय व्ययको अनुमान विवरण आन्तरिक राजस्वबाट १ करोड, राजश्व बाँडफाड संघबाट ७ करोड १८ लाख ६ हजार १ सय १० रुपैयाँ, प्रदेशबाट ३६ लाख २५ हजार, संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १० करोड ७६ लाख रहेको छ ।
त्यसैगरी संघीय सरकारबाट सशर्त अनुदान १५ करोड ४४ लाख, संघीय सरकारबाट समपुरक अनुदान १ करोड ९४ लाख, संघीय सरकारबाट विशेष अनुदान १ करोड, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ७१ लाख ६३ हजार, प्रदेश सरकारबाट सशर्त अनुदान ८० लाख, प्रदेश सरकारबाट विशेष अनुदान ३० लाख, प्रदेश सरकारबाट समपुरक अनुदान २० लाख रहेको छ ।
त्यस्तै गत वर्षको खर्च हुन बाँकी रहेको बैंक मौज्दात नगद ९ करोड ३२ लाख ३९ हजार ९ सय १९ रुपैया आय रहेको छ।
नगरसभाले भौतिक पूर्वाधार निर्माण , शिक्षा ,स्वास्थ , कृषिलाई विशेष प्राथमिकतामा राखेको छ ।
मेयर पटेलका साथै उपमेयर परनिया देवि पटेल , निमित्त प्रमुख प्रशासकीय अधिकृत राजदेव राम लगायतकाले मन्तब्य राखेका थिए । निर्धारित समय भन्दा केही महिना ढिलो गरी नगरसभा भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री परिवर्तनको असर : पूर्वाधार विकास कार्यालय गौरमा तालाबन्दी
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा