शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाकालमा यसकारण शारीरिक व्यायाम र योग महत्त्वपूर्ण छ

बिहीबार, ०६ कात्तिक २०७७, १५ : ५२
बिहीबार, ०६ कात्तिक २०७७

डा. आर कुमार

कोरोनाको फैलावट रोक्नका लागि लकडाउन (घरमै बस्ने तथा पार्क, जिम र फिटनेश सेन्टर बन्द गर्ने निर्देशन) अन्तर्गत सार्वजनिक स्वास्थ सिफारिसहरु जारी गरियो । यसले दैनिक शारीरिक गतिविधि कम गरिदियो । शारीरिक गतिविधिमाथिको रोक दुुर्भाग्यपूर्ण छ किनकी व्यायामबाट शरीरको प्रतिरक्षा प्रणाली बढाउन र मोटोपन, मधुुमेह, उच्च रक्ताचाप र मुटुरोगजस्ता रोगसँग लड्न सहयोग मिल्छ ।

लकडाउनले आम मानिसहरुको शारीरिक गतिविधि कम गरिदिएको छ । भारतमा गृहमन्त्रालयको निर्देशनअनुसार विशेषगरी जेष्ठ नागरिक र बालबालिकालाई घरभित्रै बस्न भनियो, जबकी उनीहरुलाई निरोगी रहनका लागि नियमित व्यायाम आवश्यक पर्छ ।

जो व्यक्ति शारीरिक रुपमा निष्क्रिय रहन्छ, उसमा रोगबाट प्रभावित हुने सम्भावना बढ्छ, खासगरी त्यस्ता व्यक्ति जो साँच्चिकै संक्रमित छन् ।

संक्रमणका कारण अस्पतालमा भर्ना हुँदा क्वारेन्टाइन र सामाजिक दूरीको स्थितिमा ओछ्यानमै आराम गर्नुपर्ने अवस्था छ । शारीरिक गतिविधिमा कमी आउँदा अंगहरुको प्रतिरोधक क्षमता घट्छ र प्रतिरक्षा, स्वासप्रश्वास, मुटुु, मांशपेसी र मस्तिष्क प्रणाली कमजोर हुने खतरा बढ्छ ।

दिल्लीका अस्पतालहरुमा रहेका कोरोनाभाइरसका बिरामीहरुमा तनाव, मनोदशा, निन्द्राको गुणस्तर, लक्षणको तिव्रता, जीवनशैलीको गुणस्तर आदी परिणामबारे योगको प्रभावहरुको मूल्याङ्नका लागि अध्ययन भइरहेछ । किनकी यो भाइरस मानव प्रतिरक्षा प्रणालीका लागि नयाँ छ, त्यसैले हामी प्रारम्भिक संक्रमणसँग लड्नका लागि आफ्नो जन्मजात प्रतिरक्षा प्रणालीमा निर्भर छौं । यद्यपी, हाम्रो जन्मजात प्रतिरक्षा पर्याप्त मजबुत छ र कोरोना भाइरसबाट बचाउनका लागि लामो समयसम्म यो पर्याप्त हुन्छ भन्नेबारे हामीले अझै जानिसकेका छैनौँ ।

त्यसैले विभिन्न प्रयोगशालाहरुमा बनिरहका खोपहरुबारे बहस भइरहेको छ । नियमित रुपमा हल्का व्यायाम सुरक्षित तरिकाले गर्दा संक्रमण कमजोर हुनेछ र मृत्युदरमा सुधार हुनसक्छ । यदी जन्मजात प्रतिरक्षा तन्त्रलाई मजबुत बनाइयो भने कोरोनाविरुद्धको लडाइँमा ठूलो सफलता मिल्नसक्छ किनकी कोरोना संक्रमितले पाउने चिकित्सा सेवा अनिश्चित छ । 

यस्तोमा मानिसहरु आफ्ना कार्यालय साइकल चलाएर जानसक्छन्, धुला बढार्ने, भाडा र कपडा धुने, खाना बनाउने, घाँस काट्ने, घरपालुवा जनावरसँग खेल्ने वा बच्चालाई खेलाउनेजस्तो शारीरिक काम गर्नसक्छन् । यसोगर्दा शारीरिक निष्क्रियताबाट बच्न सकिन्छ र प्रतिरक्षा स्तरलाई सहज कायम राख्न सकिन्छ ।

एनल्स अफ इन्टरनल मेडिसिनमा प्रकाशित एक अध्ययनअनुसार धेरै देशमा लकडाउनका सुरुवाती ३० दिनमा मानिसहरु पैदल हिँड्ने काम धेरै कम भएको थियो । इटलीमा मानिसहरु दैनिक पैदल हिँड्ने काम ४८ दशमलव ७ प्रतिशतले कमी भयो । किनकी त्यहाँ निकै कडा लकडाउन गरिएको थियो । यता लकडाउन लागु नगरिएको स्विडेनमा पैदल हिँड्ने क्रम ६ दशमलव ९ प्रतिशतले मात्रै काम भयो । 

शारीरिक र मानसिक स्वास्थ्यका धेरै क्षेत्रमा शारीरिक गतिविधिको प्रभाव धेरै देख्न किन्छ । नियमित व्यायाम गर्नेहरुमा कोभिडको जोखिम कम हुनसक्छ किनकी हृदयरोग, मधुुमेह, उच्च रक्तचाप, मोटोपनलगायत पुराना समस्या भएका व्यक्तिमा कोभिडको जोखिम धेरै हुन्छ र नियमित व्यायाम गर्नेहरुमा यस्ता समस्या कमै देखिन्छ ।

पैदल हिँड्दा, जिममा कसरत गर्दा, घरेलु काम गर्दा प्रतिरक्षा प्रणाली मजबुत हुन्छ, वजन घट्छ, हड्डी र मांशपेशीहरुको ताकतमा सुधार हुन्छ, तनाव र निराशालाई पनि कम गर्छ ।

(यो लेख अमर उजालाडटकमबाट साभार गरिएको हो ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप