केन्द्रीय संस्करण
वार्ता

‘पाठक गम्भीर भएनन् भने लेखकलाई सचेत गराउने कोही हुँदैन’

डा. दुर्गाबहादुर घर्तीसँगको अन्तरवार्ता

person explore access_timeकात्तिक ११, २०७७ chat_bubble_outline0

सहप्राध्यापक डा. दुर्गाबहादुर घर्ती त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपाली विभागमा प्राध्यापन गर्नु हुन्छ । वीरेन्द्रनगर सुर्खेतमा जन्मिएका घर्तीले ‘मनोविश्लेषणात्मक नेपाली उपन्यासमा पात्रविधान’ शीर्षकमा २०६० सालमा विद्यावारिधि गरेका हुन् । विशेषगरी समालोचनाका क्षेत्रमा कलम चलाउँदै आएका उनका ‘मनोविश्लेषणात्मक नेपाली उपन्यासमा पात्रविधान’ २०६६, विजय मल्लका उपन्यास सन्दर्भ र विमर्श २०६७, साहित्य पठनका विविध आयाम २०६८ पुस्तकाकार कृतिहरू हुन् । गरिमा, समकालीन साहित्य, प्रज्ञा, वाङमय लगायत पत्रपत्रिकामा थुप्रै समालोचनात्मक लेखहरु प्रकाशित छन् । विजय मल्ल स्मृति ग्रन्थ लगायतका कृति सम्पादन पनि गरेका छन् । नेपाली साहित्यमा मनोविज्ञानबारे समालोचक दुर्गाबहादुर घर्तीसँग रातोपाटी संवाददाताले गरेको कुराकानीको सार सङ्क्षेप ।

–साहित्यमा मनोविज्ञान भनेको के रहेछ ? बुझिने भाषामा बताइदिनुस न ?

मनोविज्ञान भनेको मान्छेका मनको अध्ययन गर्ने शास्त्र हो । साहित्यमा मनोविज्ञानका अन्य सम्प्रदायभन्दा मनोविश्लेषणको प्रभाव अधिक छ । साहित्यमा मनोविज्ञान भनेको साहित्यिक कृतिका आधारमा त्यसका लेखक, पाठक र पाठभित्रका पात्रको मनोविज्ञानको अध्ययन हो । यसको मतलब साहित्यमा मनोवैज्ञानिक अध्ययन लेखककेन्द्री, पाठककेन्द्री र पाठकेन्द्री हुन्छ । लेखककेन्द्री अध्ययनमा पाठका आधारमा लेखकको मानसिकताको विश्लेषण गरिन्छ । पाठकेन्द्री अध्ययनमा पात्रका अनुभूति, चिन्न र व्यवहारका आधारमा तिनका मानसिकताको विश्लेषण गरिन्छ । पाठककेन्द्री अध्ययनमा साहित्यको अध्ययनले पाठकका मानसिकतामा के कस्तो प्रभाव पार्छ, तिनमा के कस्तो प्रतिक्रिया उत्पन्न गर्छ भन्ने कुराको विश्लेषण गरिन्छ ।

मनोविश्लेषणमा व्यक्तिलाई सामान्य र असामान्य (मानसिक रूपमा स्वस्थ र अस्वस्थ) भनेर हेरिन्छ । मनोविश्लेषण मूलतः उपचारपद्धति भएकाले त्यो असामान्य व्यक्तितर्फ नै केन्द्रित हुन्छ । व्यवहार, प्रकृति, समायोजन, अभिवृत्ति, व्यक्तित्व, संवेगात्मक परिपक्वता, मानसिक अन्तद्र्वन्द्व, मानसिक अवस्थाका आधारमा सामान्य र असाामान्य पात्र छुट्टिन्छन् ।

–   कुनै पनि सिर्जनामा मनोविज्ञान छ कि छैन भनेर पत्ता लगाउने आधारहरू केके हुन्छन् ?

मान्छेको उपस्थिति भएपछि मनोविज्ञान भइ नै हाल्छ । त्यसैले जुनसुकै कृतिको पनि मनोवैज्ञानिक अध्ययन गर्न सकिन्छ । मनोविश्लेषणमा फ्रायड मनका त्रिआयामिक स्वरूप (अचेतन, अवचेतन र चेतन वा उपाहम्, अहम् र पराहम्) का आधारमा, एडलर अन्य व्यक्तिको सापेक्षतामा उत्पन्न हुने हीनताग्रन्थिका आधारमा, युङ्ग आनुवंशिकता र सांस्कृतिक आधारमा, मेलेनी क्लेन अन्य व्यक्ति वा वस्तुबाट सन्तुष्टि प्राप्त हुने वा नहुने भन्ने आधारमा, अहम् मनोवैज्ञानिकहरू अहम्को सर्वोच्चताका आधारमा, ज्याक लकाँ अर्कासँग सम्बन्धका आधारमा, डिल्युज र ग्वाटारी समाजशास्त्रीय आधारमा मनोविश्लेषणात्मक व्याख्या गर्ने भएकाले साहित्य मनोविश्लेषणीय हुन सक्छ । तर मनोविश्लेषणकै ध्येयले लेखिएका साहित्यमा विश्लेषण गर्ने विषयसामग्री बढी हुन्छन् ।

साहित्यमा मनोविज्ञानको प्रयोग सचेत रूपमा पनि हुन सक्छ र असचेत रूपमा पनि हुन सक्छ । विलियम जेम्सले व्याख्या गरेको चेतनाप्रवाहको प्रयोग नेपाली प्रयोगवादी साहित्यमा निकै भएको छ ।

मनोविश्लेषणमा व्यक्तिलाई सामान्य र असामान्य (मानसिक रूपमा स्वस्थ र अस्वस्थ) भनेर हेरिन्छ । मनोविश्लेषण मूलतः उपचारपद्धति भएकाले त्यो असामान्य व्यक्तितर्फ नै केन्द्रित हुन्छ । व्यवहार, प्रकृति, समायोजन, अभिवृत्ति, व्यक्तित्व, संवेगात्मक परिपक्वता, मानसिक अन्तद्र्वन्द्व, मानसिक अवस्थाका आधारमा सामान्य र असाामान्य पात्र छुट्टिन्छन् । असामान्य विशेषता भएका पात्र, घटना, परिवेश वा कथनका आधारमा मनोविश्लेषणात्मक साहित्य पत्ता लगाउन सकिन्छ । 

– साहित्य र सिर्जनामा पनि मनोविज्ञानका शाखाहरू हुन्छन् ?

साहित्यमा मनोविज्ञानको प्रयोग सचेत रूपमा पनि हुन सक्छ र असचेत रूपमा पनि हुन सक्छ । विलियम जेम्सले व्याख्या गरेको चेतनाप्रवाहको प्रयोग नेपाली प्रयोगवादी साहित्यमा निकै भएको छ । गोविन्दबहादुर मल्ल ‘गोठाले’ र भवानी भिक्षुका कथामा सामाजिक मनोविज्ञानको राम्रो प्रयोग भएको पाइन्छ । समकालीन साहित्यमा लैङ्गिक, जातीय, वर्गीय, क्षेत्रीय, सांस्कृतिकलगायतका विविध कुरामा आधारित भएर पहिचान र अर्कापनको मनोविज्ञानले बढी महŒव पाएको छ । बालमनोविज्ञानको आफ्नै क्षेत्र छ । वैयक्तिक, सांस्कृतिक वा समाजशास्त्रीय जुन आधारले हेरे पनि साहित्यमा प्रयोग हुने मनोविज्ञानको मूल आधारका रूपमा मनोविश्लेषण नै देखापर्दछ ।

– नेपाली साहित्यमा मनोवैज्ञानिक धाराको सुरुआत कसले कुन कृतिबाट गरेका हुन् ? यो धारालाई स्थापित गराउने साहित्यकार कोको हुन् र तिनका कृति कुनकुन हुन् ?

नेपाली साहित्यमा मनोवैज्ञानिक धाराको सुरुआत विश्वेश्वरप्रसाद कोइरालाको “चन्द्रवदन” (१९९२) कथाबाट भएको हो । मनोवैज्ञानिक कथापरम्परालाई अघि बढाउनेहरूमा भवानी भिक्षु, गोविन्दबहादुर मल्ल ‘गोठाले’, विजय मल्ल, तारिणीप्रसाद कोइराला, पोषण पाण्डे, रमेश विकल, परशु प्रधानको नाम अग्र पङ््क्तिमा आउँछ । बालकृष्ण समको “तलतल” उल्लेखनीय बालमनोवैज्ञानिक कथा हो । बालमनोवैज्ञानिक कथा लेखनमा देवकुमारी थापा स्मरणीय छिन् । नाटकका क्षेत्रमा बालकृष्ण समका नाटकमा मनोवैज्ञानिक दृष्टि पाइने भए पनि मनोवैज्ञानिक धाराको आरम्भ गोविन्दबहादुर मल्ल ‘गोठाले’ को ‘भुसको आगो’ (२०१३) बाट भएको हो । यस परम्परालाई विजय मल्लले अघि बढाउने काम गरे । नेपाली उपन्यासमा मनोवैज्ञानिक धाराको आरम्भ गोविन्दबहादुर मल्ल ‘गोठाले’ को ‘पल्लो घरको झ्याल’ (२०१६) बाट भएको हो । यसलाई विजय मल्ल, भवानी भिक्षु, विश्वेश्वरप्रसाद कोइराला, तारिणीप्रसाद कोइराला आदिले अघि बढाउने काम गरेका छन् ।

समाज जहिलेसुकै आदर्शवादी हुन्छ र व्यक्ति स्वतन्त्रता चाहने हुन्छ । कोइरालाका कथा मनोविश्लेषणात्मक हुन् र ती यौनकेन्द्रीत र यौनेतर दुवै प्रकारका छन् ।

– अहिले पनि त्यस धारामा केन्द्रित रहेर साहित्य सिर्जना गर्ने साहित्यकारहरू छन् ?

साठीको दशकयताका साहित्यमा, मोहनराज शर्माको ‘सलिजो’ मा मनोविश्लेषणको निकै प्रयोग भएको छ । कृष्ण धरावासीको ‘राधा’ उपन्यास पनि उल्लेखनीय छ । विशेषगरी पछिल्लो चरणमा ज्याक डेरिडा र ज्याक लकाँको प्रभाव बढी छ । पहिचान, अर्कापन, आवश्यकता, माग, अभाव, इच्छा, अचेतन, परम्परागत मान्यताको भञ्जन, मानसिक समस्या जस्ता कुरा अहिले लैङ्गिक, जातीय, क्षेत्रीय, सांस्कृतिक, राजनीतिक, तेस्रो लिङ्गीलगायत अल्पसङ्ख्यक, आप्रवासी सन्दर्भका साहित्य अचेल लेखिँदै आएका छन् । डिल्युज र ग्वाटारीले भने जस्तै अहिलेको पुँजीवादी व्यवस्थाले उत्पन्न मानसिक विकृतिको चित्रण पनि अहिलेका साहित्यमा भेट्न सकिन्छ । अहिले साहित्यमा फ्रायडोत्तर मनोविश्लेषणको प्रयोग भइरहेछ ।

– विश्वेश्वरप्रसाद कोइरालाले नेपाली साहित्यमा यौनमनोविज्ञानमा आधारित भएर आख्यान (कथा, उपन्यास) लेख्न सुरु गर्दा नेपाली समाज त्यसलाई पचाउन सक्ने अवस्थामा थियो ?

समाज जहिलेसुकै आदर्शवादी हुन्छ र व्यक्ति स्वतन्त्रता चाहने हुन्छ । कोइरालाका कथा मनोविश्लेषणात्मक हुन् र ती यौनकेन्द्रीत र यौनेतर दुवै प्रकारका छन् । उनको पहिलो कथा “चन्द्रवदन” प्रकाशित भएपछि नेपाली समाजमा निकै हलचल मच्चिएको कुरा कोइरालाले उल्लेख गरेका छन् ।

– वास्तविक जीवनमा पनि कोइराला यौनप्रति उदार थिए त, कहीँबाट सुइँको पाउनु भएको छ कि ?

कोइराला अध्ययन, व्यवसाय र राजनीतिका कारण परिवारबाट टाढा भएर रहनुपरेको कुरा सर्वविदितै छ । राम्ररी दाम्पत्य सुख भोग्न नपाएको तृष्णा चेतन वा अचेतन रूपमा उनमा पक्कै रहेको हुनुपर्छ तर उनको यौन व्यवहारका बारेमा मैले कतै सुन्न वा पढ्न पाएको छैन ।

– कोइरालाका सहजै बुझ्न सकिने यौनबिम्बले भरिएका कृति पाठकलाई सिफारिस गर्नुप-यो भने कुन कुन अघि सार्नु हुन्छ ?

कोइरालाको “कर्नेलको घोडा” कथा र ‘सुम्निमा’ उपन्यास ।

–अनि सामाजिक मनोविज्ञानप्रति रुचि हुने पाठकलाई नि ?

सामाजिक मनोविज्ञानमा अरूको व्यवहार वा परिस्थितिले व्यक्ति वा व्यक्तिहरूका अनुभूति, विचार र व्यवहारमा कस्तो प्रभाव पारेको छ वा व्यक्तिका व्यवहारले अर्का व्यक्तिले कस्तो प्रतिक्रिया प्रकट गर्दछ भन्ने अध्ययन गरिन्छ । यस दृष्टिले कोइरालाका “मधेसतिर”, “महाराजको सवारी” कथा र ‘मोदिआइन’, ‘हिटलर र यहुदी’ उपन्यास उल्लेखनीय छन् ।

– बडादसैँ २०७७ को फुर्सदको समयमा पाठकलाई सिफारिस गर्नु प¥यो भने कुन कुन पुस्तक अघि सार्नु हुन्छ ?

आख्यानतर्फ— गिरीशवल्लभ जोशीको ‘वीरचरित्र’, पारिजातको ‘शिरीषको फूल’, इन्द्रबहादुर राईको ‘आज रमिता छ’, विश्वेश्वरप्रसाद कोइरालाको ‘सुम्निमा’, मदनमणि दीक्षितको ‘माधवी’, कृष्ण धरावासीको ‘राधा’, बुद्धिसागरको ‘कर्नाली ब्लुज’, ‘नयनराज पाण्डेको ‘लू’, कुमार नगरकोटीको ‘मिस्टिका’, टङ्क चौलागाईंको ‘जिरो कटेज’ ।

गैरआख्यानतर्फ— विश्वेश्वरप्रसाद कोइरालाको ‘आत्मवृत्तान्त’, मोहन वैद्यको ‘हिमाली दर्शन’, तारानाथ शर्माको ‘बेलायततिर बरालिँदा’, रामधारी सिंह दिनकरको ‘संस्कृति के चार अध्याय’, राहुल सांकृत्यायनको ‘दर्शन दिग्दर्शन’ ।

– अन्त्यमा पाठकलाई केही भन्नुहुन्छ ?

समालोचक पनि पाठक नै हो । पाठक गम्भीर भएन भने लेखकलाई सचेत गराउने कोही हुँदैन । लेखकले प्रशंसाको मात्र इच्छा ग¥यो भने उसले आफ्नो दोष देख्न सक्दैन । समालोचकको काम दोष मात्र देखाउनु वा प्रशंसा गर्नु मात्र नभएर लेखकलाई सचेत गराएर राम्रो लेख्नका लागि प्रेरित गर्नु हो । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.