‘न्यायालय पुनर्संरचना नै अबको एक मात्र एजेन्डा’
काठमाडौँ । कानुनका विज्ञहरूले अब समग्र न्यायालय पुनर्संरचना गर्ने समय आएकाले यो एजेन्डा जोडदार रूपमा उठाउनुपर्ने टिप्पणी गरेका छन् । नेपाल बार एसोसिएसनले काठमाडौँमा गरेको एक कार्यक्रममा बोल्ने वरिष्ठ अधिवक्ता एवं अधिवक्ताहरूले यस्तो टिप्पणी गरेका हुन् ।
नेपाल बार एसोसिएसनसहित उपत्यकाका बार एसोसिएसनले गरेको कार्यक्रममा बोल्दै वक्ताहरूले सर्वोच्च, उच्च र जिल्ला अदालतसहितका अन्य न्यायालय पुनर्संरचनाको आवश्यकता देखिएको बताएका छन् । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले नेपाल बार एसोसिएसनले अव न्यायालय पुनर्संरचनाको एजेन्डा बोकेर बाहिर आइसकेको भन्दै अब यो पुरा गराएर छाड्ने बताए । उनले बारले विगतमा न्यायालय शुद्धीकरण र सुधारको कुरा मात्र उठाएको तर त्यसले अब नपुग्ने देखेपछि पुनर्संरचनाको कुरा उठाएको बताए ।
कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता एवं सर्वोच्च बारका पूर्वअध्यक्ष पूर्णमान शाक्यले पनि अब न्यायालयलाई व्यापक परिवर्तन गराउन जरुरी भएकाले आफू नेतृत्वमा समितिले काम गरिरहेको बताए । वरिष्ठ अधिवक्ता सविताराज भण्डारी, टिकाराम भट्टराई, चन्द्रकान्त ज्ञवालीसहितले आफ्ना धारणा राखेका थिए । बारकी महासचिव अन्जिता खनालले पनि नेपाल बार अब पुनर्संरचनाको एजेन्डा लिएर सडकमा आइसकेकाले सबैलाई साथ दिन र न्यायालयलाई नयाँ रूपमा लैजान सँगै हिँड्न आग्रह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण