सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

‘न्यायालय पुनर्संरचना नै अबको एक मात्र एजेन्डा’

बुधबार, २६ वैशाख २०८१, १९ : १९
बुधबार, २६ वैशाख २०८१

काठमाडौँ । कानुनका विज्ञहरूले अब समग्र न्यायालय पुनर्संरचना गर्ने समय आएकाले यो एजेन्डा जोडदार रूपमा उठाउनुपर्ने टिप्पणी गरेका छन् । नेपाल बार एसोसिएसनले काठमाडौँमा गरेको एक कार्यक्रममा बोल्ने वरिष्ठ अधिवक्ता एवं अधिवक्ताहरूले यस्तो टिप्पणी गरेका हुन् । 

नेपाल बार एसोसिएसनसहित उपत्यकाका बार एसोसिएसनले गरेको कार्यक्रममा बोल्दै वक्ताहरूले सर्वोच्च, उच्च र जिल्ला अदालतसहितका अन्य न्यायालय पुनर्संरचनाको आवश्यकता देखिएको बताएका छन् । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले नेपाल बार एसोसिएसनले अव न्यायालय पुनर्संरचनाको एजेन्डा बोकेर बाहिर आइसकेको भन्दै अब यो पुरा गराएर छाड्ने बताए । उनले बारले विगतमा न्यायालय शुद्धीकरण र सुधारको कुरा मात्र उठाएको तर त्यसले अब नपुग्ने देखेपछि पुनर्संरचनाको कुरा उठाएको बताए ।

कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता एवं सर्वोच्च बारका पूर्वअध्यक्ष पूर्णमान शाक्यले पनि अब न्यायालयलाई व्यापक परिवर्तन गराउन जरुरी भएकाले आफू नेतृत्वमा समितिले काम गरिरहेको बताए । वरिष्ठ अधिवक्ता सविताराज भण्डारी, टिकाराम भट्टराई, चन्द्रकान्त ज्ञवालीसहितले आफ्ना धारणा राखेका थिए । बारकी महासचिव अन्जिता खनालले पनि नेपाल बार अब पुनर्संरचनाको एजेन्डा लिएर सडकमा आइसकेकाले सबैलाई साथ दिन र न्यायालयलाई नयाँ रूपमा लैजान सँगै हिँड्न आग्रह गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप