शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बाटो काट्ने क्रममा वृद्धलाई कारले ठक्कर दियो, घटनास्थलमै मृत्यु

बुधबार, १२ कात्तिक २०७७, १० : ००
बुधबार, १२ कात्तिक २०७७

पुर्व –पश्चिम राजमार्ग अन्तर्गत  सप्तरीको बरमझियामा आज बिहान कारको ठक्करबाट एक वृद्धको  घटनास्थलमै मृत्यु भएको छ  । मृत्यु हुनेमा सप्तरीको कंचनरुप  नगरपालिका २ बरमझिया  निवासी ७५ वर्षीय तीलक सुरेत  रहेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव  उपरिक्षक नरेश कुमार सिँहले जानकारी  दिए  ।

पूर्वबाट  पश्चिम जाँदै गरेको बा १८ च ७७३४ नम्बरको कारले  बाटो काट्ने क्रममा तीलकलाई ठक्कर  दिएको  थियो  । सो ठक्करबाट  उनको घटनास्थलमै मृत्यु भएको  प्रहरीले जनाएको छ  । ठक्कर  दिएर भाग्न खाजेका कारलाई प्रहरी चौकी मोहलीले  नियन्त्रणमा लिएको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप