शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सहमति पालना नभएपछि जानकी मेडिकल शिक्षण अस्पतालका कर्मचारी आमरण अनसनको तयारीमा

बुधबार, १२ कात्तिक २०७७, १६ : १२
बुधबार, १२ कात्तिक २०७७

जनकपुर । जानकी मेडिकल शिक्षण अस्पतालमा आन्दोलनरत कर्मचारीहरुले अस्पतालको आकस्मिक सेवा अवरुद्ध गर्नुका साथै आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।
धनुषाको रमदैयास्थित जानकी मेडिकल शिक्षण अस्पतालमा एक महिनादेखि आन्दोलनरत कर्मचारीहरुले आफ्नो माग पुरा नभएको भन्दै यस्तो चेतावनी दिएका हुन् ।

दशैँ पेश्की, ८ महिनाको तलब, ६ वर्षदेखिको सञ्चय कोष लगायतका विभिन्न हिसाबकिताब माग्दै गत असोज १२ गतेदेखि आन्दोलनमा रहेको कर्मचारी हकहित संरक्षण संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय धनुषा र धनुषा प्रहरीको रोहवरमा भएको सहमति कार्यान्वयन नभए आकस्मिक सेवासमेत ठप्प पार्ने चेतावानी दिएका छन् ।

सहमति कार्यान्वयन गर्नुको साटो अस्पताल प्रशासनले समितिका संयोजक उमेश यादवसहित ५ जनालाई स्पष्टिकरण सोधेपछि आन्दोलित कर्मचारीले एक महिनादेखि अस्पतालको प्रशासन शाखा र ओपीडी कक्षमा तालाबन्दी गर्दै आएका छन् ।

समितिका संयोजक उमेश यादवले प्रहरी–प्रशासनले माग पुरा गराउने आश्वासन दिए पनि हालसम्म माग पुरा नभएको बताए । उनले माग पुरा नभए कार्तिक १६ गतेदेखि आमरण अनसन बस्ने जनाए ।
यता अस्पतालका वरिष्ठ प्रशासक डिएन झासँग रातोपाटीले प्रतिक्रिया लिन खोज्दा मिटिङमा रहेको भन्दै पन्छिन खोजे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप