धौलागिरि अस्पताल दुई सय शय्याको हुने
गण्डकी प्रदेशको उपप्रादेशिक अस्पताल धौलागिरि अस्पतालको स्तरोन्नतिका लागि प्रक्रिया शुरु भएको छ । विसं. २०१६ मा डिस्पेन्सरीका रुपमा स्थापित यो अस्पताल ५० बाट अब दुईसय शय्या क्षमताको हुने भएको हो ।
विसं. २०३३ मा जिल्ला अस्पताल र २०६७ सालमा अञ्चल अस्पतालको रुपमा स्तरोन्नति भएको यो अस्पताल नेपाल सरकारको निर्णयसँगै पुनः स्तरोन्नति हुन लागेको हो । अस्पताल पूर्वाधार विस्तारका लागि जग्गा खोज्न सङ्घीय, प्रादेशिक र स्थानीय तहका जनप्रतिनिधिसहितको बुधबारको बैठकले सर्वपक्षीय समिति गठन गरेको छ । समितिले एक महिनाको कार्यावधि पाएको छ । समितिको संयोजकमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगर रहेव्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले जानकारी दिए ।
बैठकमा गण्डकी प्रदेश अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डा. रामबहादुर केसीले अस्पतालका सेवा प्रवाह र भावी योजनाबारे जानकारी गराउँदै अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्नुपर्ने वताए । गण्डकी प्रदेश सरकारले कोभिड अस्पतालको घोषणा गरेको यो अस्पतालमा चार जिल्लाका छ लाख बिरामीले वार्षिक उपचार पाउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि उद्यमका लागि ३० युवालाई तालिम
-
फिल्म ‘आँखा’ असार १४ देखि प्रदर्शनमा आउने
-
संविधान र कानुनमा भएको व्यवस्था जनतालाई बुझाउन नसक्दा कार्यान्वयनमा समस्या भयो : मन्त्री शर्मा
-
डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन : गृहमन्त्री
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
अदालतमा धरौटी राखेर रिहा भए दीपेशकुमार पुन