वीरगन्ज महानगरको मतगणना भद्रगोल : मिडिया सेन्टर दलहरुको कब्जामा, सूचना अधिकारी सम्पर्कविहिन
वीरगञ्ज– २ नम्बर प्रदेशअन्र्तगतको एकमात्र महानगर वीरगञ्ज महानगरपालिकाको मतगणना कार्य अस्तव्यस्त भएको छ । मतगणना र सुचना प्रवाह प्रभावकारी नहुँदा सवैको चासो बनेको महानगरपालिकाको मतपरिणाम थाहा पाउन निकै कष्ट बेहोर्नुपरेको गुनासो सर्वसाधारण र सञ्चारकर्मीहरुले गरेका छन् ।
सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै तारबार गरेर मतगणना सुरु भएको यो महानगरको मतगणना कार्य सुस्तमात्रै छैन, उतिकै भद्रगोल पनि छ । ३२ वटा वडा रहेको वीरगञ्ज महानगरपालिकामा एक लाख आठ हजार पाँच सय १ मतदातामध्ये झण्डै ७६ प्रतिशत मत खसेको थियो । जसमध्ये दोस्रो दिनको ११ बजेसम्म झण्डै चारहजार मत मात्र गनिएको छ ।
यहि हिसावले गणना गर्दा महानगरको अन्तिम परिणाम आउन १० दिन बढि लाग्ने देखिएको छ ।
वीरगञ्जस्थित ठाकुरराम बहुमुखि क्याम्पसमा भवनमा जारी मतगणना दुई दुई घण्टामा मत परिणाम सार्वजनिक गरिने भनिएपनि परिणाम थाहा पाउँन घण्टौ कुर्नुपर्ने बाध्यता छ ।
त्यस्तै सुचना प्रवाह गर्न मतगणनास्थलमा इन्टरनेटको व्यवस्था गरिने प्रचार गरेपनि गणना सुरु भएको दोस्रो दिनसम्म त्यसको प्रवन्ध मिलाइएको छैन । सञ्चारकर्मीलाई सुचना दिन भनेर छुट्याइएको मिडिया सेन्टर कक्ष नै विभिन्न राजनीतिक दलका कार्यकर्ताले कव्जा गर्दा पत्रकारहरु बाहिरै भौतारिन बाध्य भएका छन् ।
मतगणनास्थलको तस्वीर लिन सञ्चारकर्मीलाई प्रतिवन्ध लगाइएको छ भने आयोगले तोकेका सुचना अधिकारी केशव कौशिक सम्पर्कविहिन बन्ने गरेका छन् । उता, मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदी सुचना दिन नै मानिरहेका छैनन् ।
बीरगञ्ज महानगरपालिकाको मात्र हैन, समग्र पर्सा जिल्लाकै मतपरिणामसम्बन्धी जानकारी लिन समस्या भएको धेरै स्थानीय पत्रकारको गुनासो छ । एक महानगरसहित तीन उपमहानगरपालिका र १० गाउँपालिका रहेको पर्सा जिल्लाका सवै स्थानीय तहको मतगणना सुरु भएपनि व्यवस्थापकीय कमजोरीका कारण समयमै सुचना पाउने अधिकारबाट जनता बन्चित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण