शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नेकपा सचिवालयको अनौपचारिक बैठक धुम्बराहीमा सुरु

शुक्रबार, २१ कात्तिक २०७७, १५ : २१
शुक्रबार, २१ कात्तिक २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको अनौपचारिक बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा बैठक सुरु भएको हो । 

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष वामदेव गौतम, बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित रहेका छन् । अर्का अध्यक्ष केपी शर्मा ओलीसहित महासचिव विष्णु पौडेल, सदस्य रामबहादुर थापा र ईश्वर पोख्रेल भने बैठकमा उपस्थित छैनन् ।

पार्टीभित्र उत्पन्न संकट समाधानका लागि अध्यक्ष प्रचण्डले अरू नेतासँग छलफल गर्न बैठक बोलाएका हुन् । पार्टी कार्यालयमा हुने छलफलका आधारमा के गर्ने भन्ने निर्क्योल हुने सचिवालयका एक सदस्यले रातोपाटीलाई बताए । 

बिहीबार अध्यक्ष केपी शर्माओली र प्रचण्डबीच बालुवाटारमा कुराकानी भएपनि सहमति जुट्न सकेको थिएन । गत शनिबार ओली र प्रचण्डबीच भएको सम्वादमा ओलीले बैठक बोलाउन अनिच्छा देखाएका थिए । 

साथै उनले बैठकका निर्णय समेत नमान्ने संकेत गरेका थिए । त्यसपछि बुधबार र बिहीबार ओलीले आफ्नो राजीनामा मागिएको भन्दै पार्टी नेताहरुमाथि आक्रोश पोखेका थिए ।  शुक्रबार अधक्ष प्रचण्डसँग छलफल गर्न नेकपा संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङ खुमलटार पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप