नेकपा सचिवालयको अनौपचारिक बैठक धुम्बराहीमा सुरु
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको अनौपचारिक बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा बैठक सुरु भएको हो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष वामदेव गौतम, बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित रहेका छन् । अर्का अध्यक्ष केपी शर्मा ओलीसहित महासचिव विष्णु पौडेल, सदस्य रामबहादुर थापा र ईश्वर पोख्रेल भने बैठकमा उपस्थित छैनन् ।
पार्टीभित्र उत्पन्न संकट समाधानका लागि अध्यक्ष प्रचण्डले अरू नेतासँग छलफल गर्न बैठक बोलाएका हुन् । पार्टी कार्यालयमा हुने छलफलका आधारमा के गर्ने भन्ने निर्क्योल हुने सचिवालयका एक सदस्यले रातोपाटीलाई बताए ।
बिहीबार अध्यक्ष केपी शर्माओली र प्रचण्डबीच बालुवाटारमा कुराकानी भएपनि सहमति जुट्न सकेको थिएन । गत शनिबार ओली र प्रचण्डबीच भएको सम्वादमा ओलीले बैठक बोलाउन अनिच्छा देखाएका थिए ।
साथै उनले बैठकका निर्णय समेत नमान्ने संकेत गरेका थिए । त्यसपछि बुधबार र बिहीबार ओलीले आफ्नो राजीनामा मागिएको भन्दै पार्टी नेताहरुमाथि आक्रोश पोखेका थिए । शुक्रबार अधक्ष प्रचण्डसँग छलफल गर्न नेकपा संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङ खुमलटार पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको कारखाना गतिविधिमा पुनः वृद्धि
-
कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको गति र भावना नमिलेसम्म परिणाम आउन सक्दैन : सभामुख
-
पूजा र ध्रुव बने रास्वपाको केन्द्रीय सदस्य, यस्तो छ अद्यावधिक विवरण
-
पाँच सय जनाले पाए सुधारिएको चुलो
-
संसद् दलीय स्वार्थभन्दा माथि उठेर जनताको आवाज बन्नुपर्छ : राष्ट्रिय सभा अध्यक्ष दाहाल
-
जर्मनीमाथि ऐतिहासिक जितपछि पराग्वेका राष्ट्रपतिद्वारा सार्वजनिक बिदा घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण