८८ किलो सुन तस्करी प्रकरण : थप ५ जना पक्राउ
बुधबार, ०४ असोज २०७४, १६ : २१
काठमाडौं– रसुवाको केरुङ नाका हुदै काठमाडौ भित्रिएको ८८ किलो सुन तस्करीमा संलग्न भएको अभियोगमा प्रहरीले थप पाँच जनालाई पक्राउ गरेको छ ।
यसअघि प्रहरीले यो प्रकरणमा संलग्न तीन जना सवारी चालकलाई पक्राउ गरेको थियो ।
प्रहरीले बुधबार सुन तस्करीमा संलग्न कार्यविनायक सुनचाँदी पसलका गणेशदत्त बडु, शाक्य सुनचाँदी पसलका सुभरत्न शाक्य, पशुपति सुनचाँदी पसलका नन्दकुमार मर्गले, रवि श्याम ट्रेडर्सका सत्यनारायण अग्रवाल र दिनकर सालुखेलाई पक्राउ गरेको महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले बताए ।
उनीहरुलाई थप अनुसन्धानको लागि काठमाडौं जिल्ला अदालतमा म्याद थप गरिएको एसएसपी लोहनीले जानकारी दिए । दुई साता अघि प्रहरीले काठमाडौको सोह्रखुट्टे नजिकैबाट ८८ किलो सुन र एक गाडी बरामद गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण