अवैधानिक रुपमा यूएई बसेका विदेशी नागरिकलाई थप एक महिना छुट
मङ्गलबार, ०२ मङ्सिर २०७७, १७ : ३३
भिषा अवधि सकिएर अवैधानिक रुपमा यूएई बसेका विदेशी नागरिकहरुलाई यूएई सरकारले थप एक महिने आममाफी (छुट) दिएको छ। गत मार्च-१,भन्दा पहिले भिषा अवधि सकिएर अवैधानिक बनेका विदेशी नागरिकहरुको हकमा यो नियम लागू हुने यूएई सरकारलाई उदृत गर्दै गल्फ न्युजले समाचार छापेको छ।
गत मार्च १, तारिख भन्दा अधि भिषाको म्याद सकिएको विदेशी नागरिकलाई यूएई सरकारले (आज) अर्थात् १७, नोभेम्वर २०२० सम्म तोकेको आम माफी ३१ डिसेम्बर २०२० सम्मको लागि बढाएको हो।
यसैगरि ओभर स्टेको जरिबाना तथा अन्य कागजातहरु 'वर्क परमिट' र 'इमिरेटस आइडी' मा लाग्ने फाइन समेत माफ हुने आइसिएले जनाएको छ।
परिवर्तित नियमले यूएईमा अवैधानिक रुपमा बसेका धेरै नेपालीहरुले पनि लाभ लिन सक्ने अनुमान गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल र मोरक्को भिड्दै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण