वीरगञ्जमा स्थगित मतगणना सूचारु, मतगणनामा लापर्वाही भन्दै महोत्तरीमा चक्काजाम
बिहीबार, ०५ असोज २०७४, १९ : ०७
वीरगञ्ज– दुई नम्बर प्रदेशमा भएको स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा विवाद भई दिउँसोदेखि नै स्थगित भएको वीरगञ्ज महानगरपालिकाको मतगणना पुनः सूचारु भएको छ ।
दलहरुबीच सहमति भएपछि विहीबार बेलुका पौने ७ बाट गणना पुनः सूचारु गरिएको हो । नेपाली कांग्रेस र राजपा नेपालबीच कडा प्रतिष्पर्धा भएको वीरगञ्जको गणना रोमाञ्चक बन्दै गएको छ । विहान राजपाले लिड गरेको वीरगञ्जमा अपरान्हबाट कांग्रेसले झिनो मतले उछिनेको छ ।
उता, महोत्तरीको पीपरामा मतगणनामा धाँदली भएको भन्दै आन्दोलन भएको छ । गणनाका क्रममा लापर्वाही गरिएको भन्दै दलका कार्यकर्ताले पीपरामा चक्काजाम गरेको अमरेन्द्रकुमार यादवले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण