शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाका कारण भारतका बरिष्ठ नेता पटेलको निधन

बुधबार, १० मङ्सिर २०७७, २३ : ०२
बुधबार, १० मङ्सिर २०७७

एजेन्सी । भारतीय काँग्रेसका बरिष्ठ नेता अहमद पटेलको बुधबार निधन भएको छ ।  उनलाई कोरोनभाइरसको सङ्क्रमण पुष्टि भएको र शरिरका धेरै अंगले काम गर्न छाडेपछि निधन भएको परिवारजनले जनाएका छन् ।  उनका छोरा फैसल पटेलले स्थानीय समय अनुसार बुधबार बिहान ३ः३० बजे आफ्ना पिताको निधन भएको जानकारी दिए । पार्टीका शीर्ष रणनितिकार समेत मानिने ७१ वर्षीय नेता पटेलको अवस्था पछिल्लो केही दिनदेखि जटिल बन्दै गएको थियो । 

उनलाई मेदान्त अस्पतालमा उपचार गराइएको थियो । यही नोभेम्बर १५ देखि उनको अवस्था बिग्रिदै गएको परिवारजनले जनाएका छन् । उनका छोरा फैसलले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “मेरो पिता झण्डै एक महिना अगाडि कोरोनाभाइरसबाट सङ्क्रमित हुनु भएको थियो, आज उहाँको निधन भयो, म अल्लाहसँग उहाँको आत्माको शान्तिका लागि कामना गर्दछु ।”

उनको निधनप्रति भारतका राष्ट्रपति, प्रधानमन्त्री, काँग्रेस प्रमुखलगायत विभिन्न नेता तथा सुवेच्छुक र इष्टमित्रहरुले दुःख व्यक्त गर्दै श्रद्धान्जली प्रकट गरेका छन् । आफुहरुप्रति सहानुभूति प्रकट गर्नेहरु सबैलाई उनका छोरा फैसलले धन्यवाद ज्ञापन गर्दै कोरोनाभाइरसका बारेमा हेल्चक्र्याई नगर्न पनि सबैलाई आग्रह गरेका छन् ।

स्वर्गिय पटेल गुजरातबाट अहिले पनि राज्यसभा सदस्य रहेका थिए । योसँगै उनी आठ पटक सांसद भएका थिए । तीमध्ये पाँच पटक राज्य सभामा प्रतिनिधित्व गरेका थिए भने तीन पटक लोकसभामा निर्वाचित  भएका थिए । भारतीय राष्ट्रिय काँग्रेसका उनी अहिले पनि कोषाध्यक्ष रहेका थिए । अहिले उनको तेस्रो कार्यकाल चलिरहेको थियो । –पिटिआई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप