शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कोठाबाटै लागूऔषधको कारोबार, एक युवक पक्राउ

बिहीबार, ११ मङ्सिर २०७७, १० : १६
बिहीबार, ११ मङ्सिर २०७७

काठमाडौँ । धरानमा एक युवाले कोठामै लागूऔषध सञ्चय तथा बिक्री वितरण गर्दै आएको गोप्य सूचना जिल्ला प्रहरी कार्यालयमा पुगेपछि एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार बिहान ८ः ३० बजे धरान उपमहानगरपालिका– १५ स्थित आफ्नै घरकोठामा सामान्य लागूऔषध पसल जस्तै बनाएका ३३ वर्षीय रवि तामाङ (लामा) लाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीमा प्रहरी उपरीक्षक (एसपी) कमल थापाका अनुसार लामालाई उनकै कोठाबाट लागूऔषधसहित पक्राउ गरिएको हो ।

उनको कोठाबाट DIALEX-DC 100 ml लेखिएको सिलप्याक बोतल १६ थान, खाली बोतल १ थान, spasmo-proxyvon plus लेखिएको ८४ वटा क्याप्सुल र Nitrosun 10 लेखिएको १४ वटा ट्याब्लेट बरामद भएको छ ।

लामालाई सुनसरी जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप