
प्रधानमन्त्री ओलीकै नेतृत्वमा समृद्धिको सपना पूरा हुनेछः राज्यमन्त्री मानन्धर

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा जनताको समृद्धिको सपना पूरा हुने बताएका छन् । फोकस नेपालले आज आयोजना गरेको ‘कोरोना नियन्त्रणमा सरकार र नागरिक समाजको भूमिका’ विषयको अन्तक्र्रियामा राज्यमन्त्री मानन्धरले जनताले विश्वास गरेर ओली नेतृत्वमा सरकार बनाउन नेकपालाई जिम्मा दिएको बताउँदै आगामी दुई वर्षमा चुनावी घोषणापत्र र जनतासँग गरिएको प्रतिबद्धतानुसार वर्तमान सरकारले काम गर्ने विश्वास दिलाए ।
सत्तारुढ नेकपामा देखिएको विवाद समाधानका लागि शीर्ष नेताहरु लागिपरेको बताउँदै केही दिनभित्रै कार्यकर्तामा उत्साह भर्ने गरी निर्णय आउने ठोकुवा उनले गरे ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
तपाईको ईमेल गोप्य राखिनेछ