शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ग्यापुले ल्यायो अर्को ठुलो अफर, मंसिर १२ गते ब्ल्याक फ्राइडे सेल

बिहीबार, ११ मङ्सिर २०७७, १८ : १८
बिहीबार, ११ मङ्सिर २०७७

काठमाडौं । नेपाली र्इ–कमर्श ग्यापु मार्केटप्लेसले मंसिर १२ गते शुक्रबार ब्ल्याक फ्राईडे घोषणा गरेको छ । जसअन्तर्गत होम अप्लाइन्स र विभिन्न प्रकारका अल्कोहल खरिद गर्दा ६० प्रतिशतसम्म छुट पाइने ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले बताए ।

माछापुच्छ्रे बैंकसँगको सहकार्यमा ग्यापुले बैंकको प्रयोगकर्तालाई एक लाख रुपैयाँ बराबरको २० प्रतिशत क्यासब्याक दिने बताइएको छ । त्यस्तै  एनआईसि एसिया बैंक र प्रभु पेको सहकार्यमा २० प्रतिशत क्यासब्याक दिइने छ ।

त्यस्तै ग्यापुले ब्ल्याक फ्राईडे ज्याकपट पनि ल्याएको छ जसको भाग्यशाली बिजेताले ग्याँस गिजर र होम थिएटर निःशुल्क पाउने ग्यापुले जनाएको छ । ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको  वेबसाइटमार्फत अर्डर गर्न सक्नेछन् ।

ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे, सेल पे, खल्ती, आईएमई पे, कनेक्ट आईपिएस र ई सेवा मार्फत भुक्तानी गर्न सक्नेछन् भने  डेलिभरीकै बेला विश्वभरका जुनसुकै बैकंका डेबिट र क्रेडिट कार्ड स्वाइप गर्न सुविधा समेत उपलब्ध छ । साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्नेछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप