६ गर्भवती महिला लिएर साथीको विवाहमा पुगे युवक, आफूलाई गर्भमा हुर्किरहेका सबै बच्चाको पिता बताए
विवाह समारोहमा एक व्यक्ति ६ गर्भवती महिलालाई लिएर पुगे र उनले ती सबैको गर्भमा हुर्किरहेको बच्चाको बुवा आफू भएको दाबी गरेका छन् । प्रिटी माइक नामका व्यक्तिको फोटो सोसल मिडियामा निकै चर्चाको विषय बनेको छ ।
प्रिटी माइक नाइजेरियामा बस्छन् र ‘प्लेबोय’ को रुपमा चर्चित छन् । यसअघि पनि उनी थुप्रैपटक चर्चामा आइसकेका छन् । सन् २०१७ मा महिलाको आपत्तिजनक फोटो पोस्ट गरेकोमा उनलाई पक्राउ पनि गरिएको थियो ।
प्रिटी माइक आफ्ना साथी विलियम्स उचेम्बाको विवाहमा ६ गर्भवती महिलासहित पुगे । यसै कारण उनी दुलहा–दुलहीभन्दा बढी चर्चा माइकको छ ।
सोसल मिडियामा प्रिटी माइकले आफू सबैभन्दा राम्रो जीवनयापन गरिरहेको बताउँदै यो कुनै एक्टिङ ट्रिक नभएको बताएका छन् । इन्स्टाग्राममा धेरैले उनलाई दुलहा–दुलहीलाई ओझेलमा पारेको आरोप लगाएका छन् ।
प्लेबोयको रुपमा चर्चित यी व्यक्ति आफ्नो ग्ल्यामरस लाइफको फोटो सोसल मिडियामा पोस्ट गरिरहन्छन् । इन्स्टाग्राममा प्रिटी माइकका तीन लाख बढी फलोआर्स छन् । –एनवाई पोस्ट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू