शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चालू आर्थिक वर्षमा राष्ट्रिय निकुञ्जमा १६ वटा गैँडा मरे

शनिबार, १३ मङ्सिर २०७७, १४ : ५३
शनिबार, १३ मङ्सिर २०७७

चितवन राष्ट्रिय निकुञ्जको ववही–माडी सेक्टरअन्तर्गत वन्कट्टा रेञ्जपोष्ट पारी मरुठ खोलामा एउटा गैँडा मरेको छ । बिहीबार दिउँसो २ बजे घाइते अवस्थामा भेटिएको सो गैँडालाई शुक्रबार उद्धार गरिएको थियो । 

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार उद्धार गरी उपचारका क्रममा राखिएको गैँडा आज बिहान ४ बजे मरेको हो । सो गैँडा अन्दाजी २५–३० वर्षको भाले रहेको उनले जानकारी दिए ।

 चुरेमा हिँड्दै गर्दा खोलामा खसेको अनुमान गरिएको छ । सो गैँडाको तीन वटा खुट्टा भाँचिएको थियो । चालू आर्थिक वर्षमा योसँगै १६ वटा गैँडा मरेका छन् । यसमध्ये चार वटा चोरी शिकारीले मारेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप