रोयल इन्फिल्डले क्लासिक ३५०सीसीमा ल्यायो दुई नयाँ कलर
काठमाडौं । रोयल इन्फिल्ड ब्राण्डले सबैभन्दा लोकप्रिय मोडल क्लासिक ३५०सीसीको सिंगल्स भेरियन्टअन्तर्गत दुई नयाँ आकर्षक रङ्गहरु एयरबस ब्लु र स्टर्मराइडर स्याण्ड सर्वजनिक गरेको छ ।
रेट्रो लुक्स र म्याट फिनिस भएको यस मोटरसाइकलमा थप सुरक्षाको लागी डुअल च्यानल एबीएस पनि रखिएको छ । सुरुवाती दिनहरु देखीनै सफलता हाशिल गर्दै आएको यस रोयल इन्फिल्ड ब्राण्डका मोटरसाइकलहरुले आफ्नो गौरबमय इतिहासलाई निरन्तरता दिँदै यो मोटरसाइकल बजारमा ल्याएको हो ।
नयाँ पिँढीलाई लक्षित गरेर बनाइएको भए तापनी यस मोटरसाइकलले युवा देखी वृद्धसम्म सबैको मन जितिरहेको छ र अझ धेरै मानिसहरुको मनमा बस्ने छ ।
नेपालका लागि आधिकारीक बिक्रेता विवेक अटोमोवाइल्सले आफ्नो १९ वटै साखा तथा डिलरहरुमा क्लासिक ३५०सीसी सिंगल बिक्री प्रवद्र्घन शुरु गर्ने भएको छ ।
बीएस आईभी संस्करण अन्तर्गत रेट्रो लुक्स, म्याट फिनिस भएको यस मोटरसाईकलमा थप सुरक्षाको लागी डुअल च्यानल एबीएस पनि राखिएको छ र यस्को मूल्य रु. ५,९९,९९९ मात्र राखिएको छ ।
यो मोटरसाइकल एयरबर्न ब्लु र स्टोर्मराइडर स्याण्ड गरि दुई नयाँ आकर्षक रङ्गहरुमा आगामी मंसिर १४ गते देखि बुकिङ्ग तथा विक्री वितरण सुरु गरिने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम उपनिर्वाचन : एमाले उम्मेदवार सुहाङ नेम्वाङले गरे मतदान
-
मन्त्री परिवर्तनको असर : पूर्वाधार विकास कार्यालय गौरमा तालाबन्दी
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?