काठमाडौं उपत्यकामा थप ८०९ जनामा संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। महिला ३६१ र पुरुष ४४८ गरी ८०९ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै काठमाडौंमा संक्रमितको संख्या ८७ हजार ८९३ पुगेको छ भने भक्तपुरमा ७९५९ र ललितपुरमा १३७७४ संक्रमित पुगेका छन् । त्यसमध्ये हाल काठमाडौंम ७२७०, भक्तपुरमा ६४१ र ललितपुरमा १४५२ सक्रिय संक्रमित रहेका छन् ।
यस्तै नेपालमा हालसम्म कोरोनाभाइरस संक्रमणबाट थप २९ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १५०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १४७४ जना संक्रमित थपिएका छन् भने १९३१ जना निको भएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ भने निको हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको छ। हाल कोरोना निको हुने दर ९१.९ प्रतिशत रहेको छ ।
अब देशभर १७ हजार ४२३ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।