शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

१५.५७ अंकले घट्यो सेयर बजार,  यी तीन कम्पनीका सेयर बढी खरिद बिक्री

बिहीबार, १८ मङ्सिर २०७७, १५ : ५०
बिहीबार, १८ मङ्सिर २०७७

बिहीबार नेप्से परिसूचक १५.५७ अंकले घटेर २०५५.४५ विन्दुमा रोकिएको छ । कारोबारमा सामेल भएका २ सय कम्पनीको ८ अर्बभन्दा बढीको सेयर कारोबार भएको छ । 
पुनर्बीमा कम्पनी एउटैको एक अर्बभन्दा बढीको कारोबार भएको छ । यसको १ करोड ५८ लाख ८९ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

 खरिदबिक्री भएकामध्ये हाइड्रोपावर र माइक्रोफाइनान्स समूहको सूचक मात्र वृद्धि भएको छ । बाँकी सबै समूह ओरालो लागेको छ ।  जीवन बीमा समुहको सबैभन्दा बढी घटेको छ । अपर तामाकोशी हाइड्रोपावर, नेपाल सेवा लघुवित्त लगायतको भाउ सर्किट लाग्ने गरी बढेको छ । नेपाल पुनर्बीमा, नेपाल लाइफ र नेपाल टेलिकमको सबैभन्दा बढी  रकमको कारोबार भएको छ । 

पुनर्बीमा कमपनीको १ अर्ब ११ करोड रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भएको छ भने  नेपाल टेलिकमको ४२ करोड १८ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको हो । नेपाल लाइफ इन्सुरेन्सको ३० करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन विशाल बजार कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप