शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा सचिवालय बैठक सुरु, ओली पनि सहभागी

शनिबार, २० मङ्सिर २०७७, १३ : ३३
शनिबार, २० मङ्सिर २०७७

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । 

बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका छन् । यसअघि गत मंगलबार बसेको  बैठकमा ओली सहभागी भएका थिएनन् ।

सो बैठकले शनिबारको बैठकमा ओलीलाई सहभागी हुन अनुरोध गर्दै १८ गतेका लागि तय भएको स्थायी समिति बैठक समेत मंसिर २१ का लागि सार्ने निर्णय गरेको थियो । 

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचिवालय बैठक तय भएको समयभन्दा १ घण्टाअघि नै बालुवाटार पुगेका थिए । बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीच ‘वा टू वान’ वार्ता समेत भएको थियो । 

आजको बैठकमा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेका अलग–अलग प्रस्तावमाथि छलफल गर्ने तयारी छ । गएको कात्तिक २८ मा कार्यकारी अध्यक्ष प्रचण्डले एकल प्रस्ताव पेस गरेका थिए ।

यस्तै मंसिर १३ को बैठकमा ओलीले जवाफ पेस गरेका थिए । त्यसपछि गत मंगलबार बसेको बैठकमा ओली अनुपस्थित भएपछि कार्यकारी अध्यक्ष प्रचण्डले बैठक तीन दिनसम्म स्थगित गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप