आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय

सिद्धबाबाले पाए अदालतबाट सफाई

सोमबार, २२ मङ्सिर २०७७, २३ : १२
सोमबार, २२ मङ्सिर २०७७

काठमाडौं । बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई अदालतबाट सफाई पाएका छन् । गिरीलाई जिल्ला अदालत सुनसरीले सफाई दिएको हो । गिरीमाथि अनुयायी महिलामाथि बलात्कार गरेको आरोप लागेको छ ।

सोमबार जिल्ला न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले उनीमाथि लागेको अभियोग दाबी नठहर्ने भन्दै सफाई दिइएको हो । गिरीमाथि अनुयायी महिलालाई २०७६ कात्तिक ४ गते आफ्नै आश्रममा बलात्कार गरेको आरोप लागेको थियो । प्रहरीले उनलाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप