बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतमा कोरोना संक्रमित ९८ लाख ८४ हजार

सोमबार, २९ मङ्सिर २०७७, १२ : ४२
सोमबार, २९ मङ्सिर २०७७

नयाँदिल्ली ।  भारतमा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या ९८ लाख ८४ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा भारतमा २७ हजार नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै २४ घण्टाको अवधिमा ३३६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सहित भारतमा कोरोनाभाइरसको संक्रमणबाट कूल १ लाख ४३ हजार ३५५ जनाको मृत्यु भएको छ । 

मन्त्रालयका अनुसार भारतमा अझै पनि ३ लाख ५२ हजार ५८६ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । हालसम्म ९३ लाख ८८ हजार व्यक्ति कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएका छन् । भारतमा सर्वाधिक असर परेको महाराष्ट्र राज्यमा ७५ हजार व्यक्तिमा सक्रिय संक्रमण छ र उनीहरु प्रदेशका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । केरलामा पनि झण्डै ६० हजार तथा नयाँ दिल्लीमा १७ हजार व्यक्ति सक्रिय संक्रमित छन् ।  यसैबीच भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर १५ करोड ४६ लाख नमूना परीक्षण गरेको जनाएको छ । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप