‘पूर्ण बहादुरको सारङ्गी’मा मुकुन अनुबन्धित
काठमाडौं । अभिनेता मुकुन भुषाल फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा अनुबन्धित भएका छन् । अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्मका लागि निर्माणपक्षले मुकुनसँग लिखित सम्झौता गरेको हो ।
निर्माण पक्षले मुकुनको भूमिकाको बारेमा खुलाएको छैन । उसले बाँकी अन्य कलाकारको अनुबन्धपछि मात्र भूमिका खुलाइने जानकारी दिएको छ । मुकुनले एउटा कलाकारमा फरक चरित्रको भोक सधैँ रहने भएकाले त्यो फरक चरित्रमा आफू फिल्ममा देखिने बताए ।
पहिलो फिल्म ‘बुलबुल’ बाट पहिचान बनाएका मुकुनले आफूहरुले कल्पना गरेको पात्रलाई उम्दा गरेर देखाउने विश्वासका साथ अनुबन्ध गरिएको निर्माता विनोद पौडेलले बताए । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण हुने फिल्ममा यसअघि गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भइसकेका छन् ।
सोसल–ड्रामा बन्ने फिल्मका लेखक तथा निर्देशक सरोज पौडेल हुन् । जेठको दोस्रो साताबाट छायाङ्कनमा जाने तयारी निर्माण पक्षको छ । वि.सं. २०८२ मा रिलिज गर्ने तयारीमा रहेको फिल्मको नाम र मोसन पोस्टर निर्माण पक्षले दुई हप्ताअघि सार्वजनिक गरेको थियो ।
फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । रमेश चौलागाईं र हरि श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन् । महेश दवाडीको पटकथा तथा संवाद रहन फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षीको अवरोधका बिच प्रधानमन्त्रीले विश्वासको मत लिँदा संसदमा जे देखियो, तस्बिरमा हेर्नुहोस्
-
सरकार परिवर्तन गर्ने प्रयास माकुराको जालो जसरी च्यातियो : पौडेल
-
राजनीतिक नेतृत्व कानुनभन्दा माथि हुन सक्दैन : प्रधानमन्त्री
-
बालेन शाहद्वारा गिरिबन्धुले जसरी जग्गा सट्टापट्टा गर्न निवेदन दिने १०१ कम्पनीको नाम सार्वजनिक
-
प्रचण्डले दिए उपेन्द्रलाई धन्यवाद
-
सुनको मूल्य तोलामा ९ सयले वृद्धि