बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेसमा जनताको आकर्षण घटेको छैनः मीनेन्द्र रिजाल

मङ्गलबार, ३० मङ्सिर २०७७, १९ : ४४
मङ्गलबार, ३० मङ्सिर २०७७

दमौली । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालले काँग्रेसमा जनताको आकर्षण नघटेको बताएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका–२ खहरेमा आज आयोजित कार्यकर्ता भेटघाटमा नेता रिजालले जनताको भरोसा काँग्रेस पार्टीप्रति रहेको दाबी गरे ।

नेता रिजालले जनताको समस्यामा काँग्रेस सदैव साथ रहेकाले पार्टी जनताको मनमनमा बस्न सफल भएको बताए । गत निर्वाचनमा थोरै मतले काँग्रेस पराजित भए पनि आगामी निर्वाचनपश्चात् काँग्रेस ठूलो पार्टी बन्ने उनको दाबी थियो । “प्राविधिकरुपले चुनावमा पराजित भएका हौँ, अब फेरि काँग्रेस ठूलो पार्टी बन्छ”, उनले भने ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईले काँग्रेसलाई बलियो बनाउन पार्टीभित्रै एकता हुनुपर्नेमा जोड दिए । पार्टीका जिल्ला सभापति वैकुण्ठ न्यौपाने, बन्दीपुर गाउँ सभापति कर्ण खत्रीलगायतले काँग्रेसलाई बलियो पार्टी बनाउनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप