शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसः अमेरिकामा एकैदिन ३६०० बढी मृत्युको नयाँ रेकर्ड

शुक्रबार, ०३ पुस २०७७, ०७ : ४२
शुक्रबार, ०३ पुस २०७७

बुधबार अमेरिकामा कोरोनाका कारण ३६०० भन्दा बढीको मृत्यु भएको जोन होपकिन्स युनिभर्सिटीले बताएको छ । 

अमेरिकामा भ्याक्सिन प्रोग्राम सुरु भएसँगै एकपटक पुनः दैनिक मृत्युदरको रेकर्ड टुटेको छ । 

बुधबार अमेरिकामा करिब २ लाख ५० हजार कोरोना संक्रमित भेटिने गर्छन् । 

संक्रमितको नियन्त्रण र रोकथामको केन्द्र सीडीसीका अनुसार कोरोनाभाइरसका कारण हुने मृत्यु मुटुरोगका कारण हुने मृत्युभन्दा बढी भएको छ ।

यतिबेला अमेरिकामा कोरोनाका बिरामीका लागि अस्पतालमा बेडको कमी हुन थालेको छ भने अस्पतालमा कोरोनाका नयाँ बिरामी भर्ना गर्न समस्या भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप