आज डिसेम्बर २१ : हुन्छ वर्षकै सबैभन्दा छोटो दिन
खगोल विज्ञानका दृष्टिकोणले आज २१ डिसेम्बरको दिन नै चलिरहेको वर्षको सबै भन्दा छोटो दिन हो । खगोल विज्ञानको भाषामा यसलाई शीतकालीन अयनांत (wintar solstice ) भनिन्छ। यो घटना प्रत्येक वर्ष हुन्छ।
आजको दिन सूर्य कर्क रेखाबाट (Tropic of Cancer ) मकर रेखा ( Tropic of Capricorn) अर्थात उत्तरायणबाट दक्षिणायनमा प्रवेश गर्छ। यो नै त्यो समय अथवा दिन हुन्छ जुन दिन पृथ्वीको उत्तरी गोलार्ध (Northern Hemisphere ) मा दिनको लम्बाई सबै भन्दा छोटो हुन्छ र रात्रिको समय वर्ष कै लामो हुन्छ। भनौं, आजको दिन उत्तरी गोलार्धमा सूर्यका किरण सबैभन्दा कम समयका लागि देखापर्छ। आज दिन ८ घण्टासम्मको र रात्रि १४ घण्टासम्मको हुन्छ। यसको निर्धारण उत्तरी गोलार्धमा स्थित देशहरुको 'टाइम ज़ोन' र भगौलिक अवस्थितिअनुसार हुन्छ।
सूर्यले दक्षिणायनमा प्रवेश गरेपछि उत्तरी गोलार्धमा शीतको प्रकोप झनै बढ्छ।
डिसेम्बर २१-२२ मा हुने 'विंटर सोल्स्टिस'को दिन उत्तरी गोलार्द्धमा दिन सबै भन्दा सानो हुन्छ भने यसको ठीक उल्टा दक्षिणी गोलार्द्धमा (Southern Hemisphere) भने दिन सबै भन्दा लामो हुन्छ। कारण पृथ्वी झण्डै झण्डै गोलो छ र सूर्यको परिक्रमा गर्ने आफ्नो पथमा झण्डै २३.५ डिग्रीले ढल्केको छ । यस कारणले दुबै गोलार्द्धमा पर्ने सूर्यको प्रकाश फरक फरक हुन्छ।
'विंटर सोलिस्टिस' जस्तै २०-२१ जूनमा 'समर सोलिस्टिस' ( ग्रीष्म अयनांत) घटित हुन्छ। यस दिन 'विंटर सोलिस्टिस'को ठीक उल्टा दक्षिणी गोलार्द्धमा दिन सबै भन्दा सानो र उत्तरी गोलार्द्धमा दिन सबैभन्दा लामो हुन्छ।
खगोल विज्ञानका अनुसार २१ मार्च र २३ सेप्टेम्बरका दिन दिन र रात बराबरी हुन्छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुशासनका निम्ति सबैले आवाज उठाउनुपर्छ : सरस्वती बजिमय
-
एमालेको नेतृत्वमा मात्र मुलुक सही दिशातर्फ अगाडि बढ्छ : ईश्वर पोखरेल
-
एकता घोषणाबारे निर्णय गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा मशालको संयुक्त बैठक बस्दै
-
पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज
-
लेलेको डढेलो आनन्द वनमा फैलियो, कुष्ठरोग अस्पताल जोखिममा
-
बलात्कार आरोपमा युवक पक्राउ