बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

प्रदेश सरकार हुनु र नहुनुमा कुनै फरक छैन : सांसद शाही

सोमबार, १७ वैशाख २०८१, १८ : ४०
सोमबार, १७ वैशाख २०८१

सुर्खेत । राप्रपाकी सांसद सन्तोषी शाहीले प्रदेश सरकार हुनु र नहुनुमा कुनै फरक नरहेको बताएकी छिन् । 

कर्णाली बासीका समस्याहरू जस्ताको त्यस्तै रहेको र राजनीतिक दलहरू सत्ता स्वार्थमा लिप्त भइरहेको उनको भनाइ छ ।

सोमबारको प्रदेशसभा बैठकमा आफ्नो धारणा राख्दै उनले सत्ता स्वार्थका लागि नयाँ–नयाँ गठबन्धन बन्ने र भत्किने श्रङ्खलाका कारण जनताहरू दिक्क भइसकेको बताइन् । ‘जनताले हामीलाई सार्वभौमसत्ता सम्पन्न यो गरिमामय संसदमा किन पठाए, हाम्रो कर्तव्य र भूमिका के हो ? के महिना महिना मै मुख्यमन्त्री र मन्त्री फेरबदल गर भनेर सदनमा पठाएका हुन ?,’उनले प्रश्न गरिन्, ‘गरिब जनताको जीवनस्तरको बारेमा र कर्णालीको विकासबारे हामी कहिले संवेदनशील बन्ने ? राजनीतिको नाममा जनतालाई कति दिनसम्म गुम्राहमा राख्ने ? यस्तो अवस्थाबाट कर्णालीलाई मुक्त तुल्याउन हामी गम्भीर बन्नुपर्छ ।’ 

प्रदेशलाई विकासको रफ्तारमा लैजाने बेला सरकार फेरबदलने काममै व्यस्त भइरहेको बताउँदै शाहीले यस्तो गतिले कर्णालीको समृद्धि सम्भव नरहेको बताइन् । 

दुई वटा सरकार बनिसक्दा जनतालाई कुनै उपलब्धि दिन नसकेको र सरकार सरकार जस्तो नभएको उनको भनाइ छ । साथै सांसदले उठाएका विषयबारे सरकार गम्भीर नबनेको पनि उनले बताइन् । ‘अहिले त झण्डै एक महिनादेखि मन्त्री विहीन जस्तो प्रदेश बनेको छ, योभन्दा बढी जनमतको अपमान अरू के हुन सक्छ,’शाहीले भनिन् ।

शाहीले गरिबले सहर बजारका स्कुलमा पढ्न नपाइरहेको समेत बताइन् । खानेपानी, विद्युतको समस्याले कर्णाली प्रदेशवासी बर्षौंदेखि आजिद भएपनि सरकारले कुनै पहल नगरेको उनको गुनासो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप