एकता घोषणाबारे निर्णय गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा मशालको संयुक्त बैठक बस्दै
मङ्गलबार, १८ वैशाख २०८१, १० : ३२
काठमाडौँ । पार्टी एकताको विषयमा टुङ्ग्याउन क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा मशालको संयुक्त बैठक बस्दै छ ।
बुधबार हुने एकता घोषणा सभाका विषय टुङ्ग्याउन संयुक्त बैठक लागेको कम्युनिस्ट पार्टीका प्रचार विभाग प्रमुख हुकुम सिंहले जानकारी दिए । दुई पार्टीबिच एकता भए पनि पार्टीको नाम परिवर्तन नहुने सिंहले बताए ।
वैशाख १३ गते क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष मोहन वैद्य र नेकपा मशालका महासचिव सन्तबहादुर नेपालीले संयुक्त विज्ञप्तिमार्फत एकता गर्ने घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण