शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एकता घोषणाबारे निर्णय गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा मशालको संयुक्त बैठक बस्दै

मङ्गलबार, १८ वैशाख २०८१, १० : ३२
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । पार्टी एकताको विषयमा टुङ्ग्याउन क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा मशालको संयुक्त बैठक बस्दै छ । 

बुधबार हुने एकता घोषणा सभाका विषय टुङ्ग्याउन संयुक्त बैठक लागेको कम्युनिस्ट पार्टीका प्रचार विभाग प्रमुख हुकुम सिंहले जानकारी दिए । दुई पार्टीबिच एकता भए पनि पार्टीको नाम परिवर्तन नहुने सिंहले बताए । 

वैशाख १३ गते क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष मोहन वैद्य र नेकपा मशालका महासचिव सन्तबहादुर नेपालीले संयुक्त विज्ञप्तिमार्फत एकता गर्ने घोषणा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप