बब्लु पासवानको बयान : रक्सौलमा बसेर लाल मोहम्मदको हत्या योजना बनाएँ
काठमाडौँ । लाल मोहम्मद हत्या प्रकरणको योजना भारत बिहारका बब्लु पासवानले बनाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । पासवान आइतबार वीरगन्जबाट पक्राउ परेका थिए । ५ वर्षअघि सुरेश केडिया अपहरण मुद्दामा जेल बसेर छुटेका पासवानले लाल मोहम्मदको हत्या गर्नुअघि रक्सौलमा बसेर योजना बनाएको स्वीकार गरेका हुन् ।
पक्राउ परेपछि जिल्ला प्रहरी कार्यालय वीरगन्जका अनुसन्धान अधिकृतहरूले लिएको प्रारम्भिक बयानमा उनले हत्या योजना बनाएको स्वीकार गरेका हुन् । ३ असोज २०७९ मा काठमाडौँको गोठाटारमा लाल मोहम्मदको हत्या भएको थियो । अनुसन्धान अधिकृतहरूसँग उनले भनेका छन्–‘रक्सौलमै बसेर मोहम्मदको हत्या गर्ने योजना बनाएको हुँ ।’
रक्सौलमा सुटर पनि तयार गरेर उनीहरूलाई काठमाडौँ पठाएको उनले स्विकारेका छन् । सुटर काठमाडौँमा पठाएर उनले दुई जना युवकहरूलाई हतियार पठाएका हुन् । गोठाटारमा लाल मोहम्मदमाथि गोली प्रहार भएको थियो ।
रक्सौलमा बसेर पासवान नेपालमा प्रतिबन्धित लागु औषध तथा ब्राउन सुगर सप्लाई गरिरहेका थिए । सो तथ्यलाई पछ्याउँदा आइतबार वीरगन्जको भुटनदेवीमा प्रहरीसँग उनको जम्काभेट भएपछि प्रहरीले उनलाई गोली प्रहार गरेको थियो । उनको साथबाट अमेरिकन पेस्तोल र करिब ५० ग्राम ब्राउन सुगर बरामद गरिएको पर्साका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए । प्रहरीको गोली लागेर घाइते भएका पासवानको नारायणी अस्पतालमा उपचार हुँदै छ ।
लाल मोहम्मदको हत्या गर्न सुपारी लिएर ‘व्यवस्थापन’ गरेपछि अहिलेसम्म रकम नपाएको उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण