बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

बब्लु पासवानको बयान : रक्सौलमा बसेर लाल मोहम्मदको हत्या योजना बनाएँ

सोमबार, १७ वैशाख २०८१, १७ : २३
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । लाल मोहम्मद हत्या प्रकरणको योजना भारत बिहारका बब्लु पासवानले बनाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । पासवान आइतबार वीरगन्जबाट पक्राउ परेका थिए । ५ वर्षअघि सुरेश केडिया अपहरण मुद्दामा जेल बसेर छुटेका पासवानले लाल मोहम्मदको हत्या गर्नुअघि रक्सौलमा बसेर योजना बनाएको स्वीकार गरेका हुन् ।

पक्राउ परेपछि जिल्ला प्रहरी कार्यालय वीरगन्जका अनुसन्धान अधिकृतहरूले लिएको प्रारम्भिक बयानमा उनले हत्या योजना बनाएको स्वीकार गरेका हुन् । ३ असोज २०७९ मा काठमाडौँको गोठाटारमा लाल मोहम्मदको हत्या भएको थियो । अनुसन्धान अधिकृतहरूसँग उनले भनेका छन्–‘रक्सौलमै बसेर मोहम्मदको हत्या गर्ने योजना बनाएको हुँ ।’

रक्सौलमा सुटर पनि तयार गरेर उनीहरूलाई काठमाडौँ पठाएको उनले स्विकारेका छन् । सुटर काठमाडौँमा पठाएर उनले दुई जना युवकहरूलाई हतियार पठाएका हुन् । गोठाटारमा लाल मोहम्मदमाथि गोली प्रहार भएको थियो ।

रक्सौलमा बसेर पासवान नेपालमा प्रतिबन्धित लागु औषध तथा ब्राउन सुगर सप्लाई गरिरहेका थिए । सो तथ्यलाई पछ्याउँदा आइतबार वीरगन्जको भुटनदेवीमा प्रहरीसँग उनको जम्काभेट भएपछि प्रहरीले उनलाई गोली प्रहार गरेको थियो । उनको साथबाट अमेरिकन पेस्तोल र करिब ५० ग्राम ब्राउन सुगर बरामद गरिएको पर्साका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए । प्रहरीको गोली लागेर घाइते भएका पासवानको नारायणी अस्पतालमा उपचार हुँदै छ ।

लाल मोहम्मदको हत्या गर्न सुपारी लिएर ‘व्यवस्थापन’ गरेपछि अहिलेसम्म रकम नपाएको उनले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप