संसद् बोलाउन बागमतीमा सर्वदलीय बैठक आह्वान
मकवानपुर । बागमती प्रदेशसभा बैठक सञ्चालनका लागि वैशाख २१ गते सर्वदलीय बैठक आह्वान गरिएको छ । बागमती प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले २१ गतेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
बैठक यही २१ गते शुक्रबार दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । बैठकमा संसदीय समितिको सभापतिको निर्वाचन, बजेट अधिवेशन लगायतका विषयमा छलफल हुने जनाइएको छ ।
प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको लामो समय बितिसक्दा पनि अहिलेसम्म संसदीय समितिहरूले सभापति पाउन सकेका छैनन् । प्रदेशसभामा रहेका ५ वटा समितिहरू अहिलेसम्म ज्येष्ठ सदस्यको अध्यक्षतामा चलिरहेका छन् ।
पटकपटक सत्ता समीकरण परिवर्तन भइरहने र दलहरूबिचको भागबण्डा मिल्न नसक्दा संसदीय समितिको सभापति चयन हुन सकेको छैन भने संसदीय समितिहरूले पनि प्रभावकारी तवरले भूमिका निर्वाह गर्न सकेका छैनन् ।
यसअघि पनि पटकपटक सर्वदलीय बैठक बसेर संसदीय समितिको सभापति चयन गर्ने विषयमा सहमति जुटाउने प्रयास असफल हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण