बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
प्रदेश

संसद् बोलाउन बागमतीमा सर्वदलीय बैठक आह्वान

सोमबार, १७ वैशाख २०८१, १६ : ०३
सोमबार, १७ वैशाख २०८१

मकवानपुर । बागमती प्रदेशसभा बैठक सञ्चालनका लागि वैशाख २१ गते सर्वदलीय बैठक आह्वान गरिएको छ । बागमती प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले २१ गतेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् । 

बैठक यही २१ गते शुक्रबार दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । बैठकमा संसदीय समितिको सभापतिको निर्वाचन, बजेट अधिवेशन लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको लामो समय बितिसक्दा पनि अहिलेसम्म संसदीय समितिहरूले सभापति पाउन सकेका छैनन् । प्रदेशसभामा रहेका ५ वटा समितिहरू अहिलेसम्म ज्येष्ठ सदस्यको अध्यक्षतामा चलिरहेका छन् ।

पटकपटक सत्ता समीकरण परिवर्तन भइरहने र दलहरूबिचको भागबण्डा मिल्न नसक्दा संसदीय समितिको सभापति चयन हुन सकेको छैन भने संसदीय समितिहरूले पनि प्रभावकारी तवरले भूमिका निर्वाह गर्न सकेका छैनन् ।

यसअघि पनि पटकपटक सर्वदलीय बैठक बसेर संसदीय समितिको सभापति चयन गर्ने विषयमा सहमति जुटाउने प्रयास असफल हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप