न्युरोडबाट हुन्डी कारोबारी पक्राउ
मङ्गलबार, ०७ पुस २०७७, ११ : २६

अवैद्य हुण्डी कारोबार गर्ने एक जना काठमाडौँको न्युरोडबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ खनियाबास गाउँपालिका ३ बस्ने वर्ष २५ का विर्ज तामाङ रहेका छन् ।
महानगरीय प्रहरी बृत्त जनसेवाबाट ड्युटीमा खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा काठमाडौँ महानगरपालिका–२२ न्युरोडमा शंकास्पद अवस्थामा तामाङलाई फेला पारेको थियो । उनको शरीर तलासी गर्दा उनको साथबाट हालसम्म स्रोत खुलाउन नसकेको हुन्डी कारोबारको १३ लाख ५ हजार रुपैयाँ प्रहरीले फेला पारेको थियो ।
तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठकको ‘ग्याप’मा केन्द्रीय समिति बैठक बोलाउने कांग्रेसको तयारी
-
‘के घर के डेरा : घर नं २’ सेन्सर पास
-
जेल सजाय भोगिरहेका र्यापरमाथि घातक हमला, १४ पटक चक्कु प्रहार
-
महिला टी–२० विश्वकप छनोट : हङ्कङसँग सात विकेटले हार्यो नेपाल
-
‘हिउँ पर्न छोडेर पानी बर्स्यो, मुस्ताङीले छाना फेरे’
-
विभिन्न स्थानमा ४ जना मृत फेला