विभिन्न स्थानमा ४ जना मृत फेला
मङ्गलबार, ३० वैशाख २०८२, १५ : ३३
काठमाडौँ । देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् ।
- सर्लाही, बागमती नगरपालिका-१२ कर्मैयास्थित भरत तालमा सोही नगरपालिका-७ राजघाट बस्ने ६७ वर्षीय पाले सार्की सोमबार मृत अवस्थामा फेला परेका छन् ।
- गुल्मी, छत्रकोट गाउँपालिका-१ बोटेगाउँ रेग्दी छहरास्थित बडिगार्ड खोला छेउमा सोही गाउँपालिका-२ दाईछाप बुटिलगाउँ बस्ने ४५ वर्षीय ज्ञान बहादुर राकस मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
- रौतहट, बौधीमाई नगरपालिका-५ स्थित नासी पुलमुनी परोहा नगरपालिका-६ बसन्त पट्टी बस्ने ७० वर्षीय महादेव महतो सोमबार मृत अवस्थामा फेला परेका छन् ।
- ताप्लेजुङ, मेरिङदेन गाउँपालिका-२ पौवास्थित मैवाखोलाको किनारामा मैवाखोला गाउँपालिका-१ बैरिया टोल बस्ने ३५ वर्षीय मनोज लिम्बु सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण