विभिन्न स्थानमा ४ जना मृत फेला
मङ्गलबार, ३० वैशाख २०८२, १५ : ३३

काठमाडौँ । देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् ।
- सर्लाही, बागमती नगरपालिका-१२ कर्मैयास्थित भरत तालमा सोही नगरपालिका-७ राजघाट बस्ने ६७ वर्षीय पाले सार्की सोमबार मृत अवस्थामा फेला परेका छन् ।
- गुल्मी, छत्रकोट गाउँपालिका-१ बोटेगाउँ रेग्दी छहरास्थित बडिगार्ड खोला छेउमा सोही गाउँपालिका-२ दाईछाप बुटिलगाउँ बस्ने ४५ वर्षीय ज्ञान बहादुर राकस मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
- रौतहट, बौधीमाई नगरपालिका-५ स्थित नासी पुलमुनी परोहा नगरपालिका-६ बसन्त पट्टी बस्ने ७० वर्षीय महादेव महतो सोमबार मृत अवस्थामा फेला परेका छन् ।
- ताप्लेजुङ, मेरिङदेन गाउँपालिका-२ पौवास्थित मैवाखोलाको किनारामा मैवाखोला गाउँपालिका-१ बैरिया टोल बस्ने ३५ वर्षीय मनोज लिम्बु सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनेरास्ववियुको अध्यक्षमा कडरिया निर्वाचित
-
तीनकुने घटना: राज्य विरुद्धको कसुरमा संलग्न थप ६ जनालाई थुनामा राख्न आदेश
-
अनेरास्ववियुमा कडा टक्करः तीन सय मत गन्न बाँकी हुँदा कडरिया फेरि अगाडि
-
तीनकुने घटना : दुर्गा प्रसाईँलाई थुनामा पठाउन आदेश
-
अपडेट: कडरियालाई उछिन्दै पौडेलले बनाए अग्रता
-
१२ बजे १२ समाचार: प्रदेश सांसद अख्तियारको नियन्त्रणमा, भारतीय विमान दुर्घटना