धुर्मुस सुन्तलीको दु:ख कष्ट हट्छ, क्रिकेट मैदान पनि बन्छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिने जगतको विकासका लागि आफूले गोरखाको पालुङटारमा सिने सिटी बनाउने चाहाना रहेपनि कलाकारहरूलाई बुझाउन नसकेको बताएका छन् ।
उनले पालुङटारमा सिने सिटी बनाउन सकेको भए देशी विदेशी सिनेमा छायाङ्कन हुने आफूलाई लागेपनि त्यो सम्भव नभएको बताए । काभ्रेको बनेपामा निर्मित चलचित्र छायाङ्कन स्टुडियो (सिनेपा) निर्माण आरम्भ उद्घोष समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले बनेपामा सुरु भएको स्टुडियो सम्पन्न गर्नुपर्ने बताए ।
‘अत्यन्तै राम्रो पालुङटारमा हुन्थ्यो भन्ने मेरो ठहर हो । त्यहाँ भएको भए विदेशी सिनेमा पनि इनडोर आउटडोर सवै कुरा एकै ठाउँमा हुन सक्थ्यो’, प्रधानमन्त्रीले भने,‘सुटिङका कुरा हुन सक्थे, रेल खिच्नुपर्यो भने अन्त जानुपर्दैन थियो । त्यहीँ हामी एउटा यताबाट पस्ने उताबाट निस्कने रेल आइहाल्थ्यो ।’
तर उनले कलाकारहरूलाई आफूले बुझाउन नसकेको बताए । ‘तर मैले कलाकारहरूलाई बुझाउन सकिनँ । मेरो जानकारी र नलेजको कुरा होइन । त्यसकारण जहाँ सजिलो हुन्छ त्यहीँ बनाइयो डाँडाको टुप्पोमा’, प्रधानमन्त्रीले भने,‘जे होस् त्यसका निम्ति नयाँ काम थालेका छौ, त्यसलाई सफल बनाउनुपर्नेछ ।’
उनले थालेपछि सफल हुने पनि बताए । ‘मैले गाह्रो छ नानु त्यहाँ नथालन भन्दा भन्दै धुर्मुस सुन्तलीले क्रिकेट मैदान सुरु गरे । बहुमत दुख गरे । माया लाग्छ’, ओलीले भने, ‘तर त्यो क्रिकेट मैदान पनि बन्छ र उनीहरूको दुख कष्ट पनि हट्छ एक दिन ।’
उनले स्टुडियो निर्माणले सिने जगतलाई नयाँ युगमा लैजाने विश्वास समेत व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण