शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सोनमले सुरु गरिन् ‘ब्लाइन्ड’ को सुटिङ

मङ्गलबार, १४ पुस २०७७, १६ : १४
मङ्गलबार, १४ पुस २०७७

मुम्बई । अभिनेत्री सोनम कपुरले फिल्म ‘ब्लाइन्ड’को सुटिङ सुरु गरेकी छन् । हिट कोरियन एक्सन थ्रिलर फिल्म ‘ब्लाइन्ड’ को हिन्दी रिमेकको रुपमा यो बन्न लागेको हो । फिल्ममा सोनमको साथमा पुरब कोहली र विनय पाठक पनि मुख्य भूमिकामा देखिनेछन् । शोम मखिजा निर्र्देशक रहेको फिल्मको सुटिङ स्कटल्याण्डमा भइरहेको छ ।

फिल्मको बिषयमा एक महिला पुलिस अफिसको हो । जसले कार दुर्घटनामा आँखाको ज्योती बन्द भएपनि भित्री सेन्सको मद्दतबाट पुलिस केसका लागि सहयोग पुर्याएकी थिइन् । सोनको पहिलो फिल्म ‘सांवरिया’ फ्लप भएको थियो । त्यसपछि अभिनयमा अझै मिहिनेत गरेकी सोनमका ‘दिल्ली ६’, ‘रांझणा’, ‘भाग मिल्खा भाग’, ‘प्रेम रतन धन पायो’, ‘नीरजा’, ‘सन्जु’लगायत थुप्रै राम्रा फिल्म आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप